Thursday, April 30, 2026
spot_img
spot_img

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार बन्ने

spot_img
spot_img

अर्घाखाँचीको सुपादेउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

यही असार १३ गतेको सन्धिखर्क नगर कार्यपालिको बैठकले सुपादेउराली केबलकार प्रालिलाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म केबलकार निर्माण गरिनेछ ।

प्रसिद्ध धार्मिकस्थल सुपादेउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा पछिल्ला वर्षमा उल्लेखनीय वृद्धि भएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताए । मन्दिरमा देवीको दर्शन गर्न कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीबाट बढी सङ्ख्यामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, बिहारबाट समेत  धार्मिक पर्यटकहरु सुपादेउरालीमा आउने गरेको वडा नं ७ का अध्यक्ष चुराबहादुर केसीले बताए ।

सुपादेउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने जनविश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपादेउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । मन्दिरमा पाठी, बोकाको बली चढाउने चलन छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार

स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा...

राष्ट्रपतिद्वारा एउटा अध्यादेश मात्रै जारी, पाँच वटा ‘होल्ड’

राष्‍ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी...

योग्य संस्थागत लगानीकर्तालाई दर्ता र नवीकरणको लागि आउँन नेप्सेको आग्रह

नेपाल स्टक एक्सचेन्ज नेप्सेले योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा...

रावा इनर्जीको २० लाख कित्ता बढी शेयरको लकइन अवधि जेठमा सकिँदै

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २० लाख कित्ता बढी शेयरको...

भट्टसँग सम्बन्धित ८ वटा बीमा कम्पनीमा संस्थापक शेयर हाल्ने सबैसँग मागियो प्रिमियमको विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका...

निजी क्षेत्रका संगठनबीच एकता आवश्यकः राजेन्द्र मल्ल

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले देशको...
spot_img