Thursday, April 30, 2026
spot_img
spot_img

विकाश हाइड्रो: समयभन्दा ४ महिना अगावै आयोजना सम्पन्न, यसैवर्ष साढे ५ करोड नाफा प्रक्षेपण

spot_img
spot_img

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै छ छ । कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस निष्काशनमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कस्तो छ कम्पनी ?

निजी क्षेत्रका उद्यमीहरु मिलेर २०७३/१०/२६ मा नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा विकाश हाइड्रोपावर कम्पनीको नाममा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार संचालन गर्दै आएको थियो । यस कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता बिस्तार गर्ने हेतुले २०७९/०२/२५ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भई विकाश हाइड्रोपावर कम्पनी लिमिटडको नाममा कारोबार संचालन गर्दै आएको छ ।

हाल यस कम्पनीमा २०५ जना संस्थापक शेयरधनीहरु रहेका छन् । यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत÷उर्जा, बैंक÷वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्र, निर्माण, परामर्श एवं व्यापार÷व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका व्यक्तित्वहरु रहेका छन् ।

आयोजनाको विवरण

कम्पनीको आयोजना गोरखा जिल्लाको साविकको लाप्राक र गुम्दा गा.वि.स.हरुमा रहेको छ, जहाँ कम्पनीले ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।  कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच २०७५ श्रावण १५ मा भएको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना ४.५५ मे.वा. को विद्युत खरिद बिक्री सम्झौता तथा सो सम्झौता अनुसार व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति २०८०/०३/३० गते  रहेता पनि आयोजनाले २०७९/११/१७ गते  देखि व्यापारीक उत्पादन सुरु गरी हाल विद्युत उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको छ ।

विद्युत प्राधिकरणले  वर्षा याममा प्रति कि.वा. घण्टा रु ४.८० रुपैयाँ र सुख्खा याममा प्रति कि.वा. घण्टा  ८.४० रुपैयाँको दरले भुक्तानी दिने गरि पीपीए भएको छ । योजनाको अनुमतिपत्र २१११/०९/२८ गते सम्म बहाल रहेकोले लाइसेन्स अवधि ३५ वर्ष बाँकी छ ।  माथिल्लो माछाखोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुँदा आयोजनाको कूल लागत (Interest During Construction (IDC) सहित रु.१ अर्ब ११ करोड ८३ लाख रहेको छ । जस अनुसार आयोजनाको प्रति मेगावाट लागत  रकम निर्माण अवधिको ब्याज समेत २४ करोड ५७ लाख ६८ हजार रहेको छ।  आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि (Pay Back Period) ७ वर्ष ३ महिना रहेको छ भने आयोजनाको डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि (Discounted Pay Back Period) १० वर्ष ९ महिना रहेको छ।

पुँजी, संस्थापक र संचालक विवरण

कम्पनीको जारी पुँजी र अधिकृत पुँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँ रहेको छ। कम्पनीमा संस्थापकहरुले चुक्ता गरेको पुँजी ४६ करोड ३६ लाख ४१ हजार ७ सय रुपैयाँ रहेको छ। कम्पनीको आईपीओ बाँडफाँड भएपछि कम्पनीको चुक्ता पुँजी  ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँ पुग्ने छ। आईपीओ निष्काशनपछि कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ५१ प्रतिशत, र सर्वसाधारण (स्थानीय र वैदेशिक रोजगारीमा रहेकाको समेत)को स्वामित्व ४९ प्रतिशत पुग्ने छ ।

कम्पनीको आधारभूत शेयरधनीहरुमा खगेन्द्र न्यौपाने, कृष्ण प्रसाद घिमिरे, सरोज धिताल, राजकुमार गुरुङ, इन्द्र बहादुर ढकाल, सुनिल श्रेष्ठ, अनिता थापा (ढकाल), अट्ठारसय खोला ग्रुप प्रालि, मानश्री लामा, विनोद बहादुर थापा, लिलावती तिमल्सिना, हरिबोल भण्डारी, राजु रेग्मी, संगीता केसी , गौरव नेपाल, मिनेन्द्र रिजाल, गीतादेवी विमली, मेस बहादुर गुरुङ, सुशिला घिमिरे, दिपा बस्नेत, हिम्मत सिंह ढकाल क्षेत्री, प्रेम बहादुर खत्री, पुनम न्यौपाने, र रोशन थापा रहेका छन् ।

कम्पनीको संचालकहरुमा खगेन्द्र न्यौपाने, कृष्ण प्रसाद घिमिरे, सरोज धिताल, राज कुमार गुरुङ, अनिता थापा ढकाल, सुनिल श्रेष्ठ र उत्तम अधिकारी रहेका छन् । कम्पनीका अध्यक्ष खग्रेन्द्र न्यौपाने हुन् । कम्पनीका संचालकहरु मध्ये खगेन्द्र न्यौपाने, कृष्ण प्रसाद घिमिरे, सरोज धिताल, र राज कुमार गुरुङ बुढीगण्डकी हाइड्रोपावर प्रालिमा पनि संचालक छन् । त्यस्तै खगेन्द्र न्यौपाने, कृष्ण प्रसाद घिमिरे, र सरोज धिताल शांग्रिला हाइड्रोपावर प्रालिमा पनि संचालक छन् ।

कम्पनीले कम्पनीको सञ्चालकहरुको लागि कम्पनीको साधारण सभाले निर्धारण गरे बमोजिम आ.ब.२०८०÷८१ देखि सञ्चालक समितिको बैठकमा उपस्थित संचालकलाइ प्रति बैठक अध्यक्ष रु.७,०००÷– र सञ्चालक प्रति बैठक रु.५,०००÷– बैठक भत्ता प्रदान गर्ने गरेको छ । सो बाहेक कम्पनीका संचालकलाइ पारिश्रमिक, दैनिक भत्ता तथा अन्य कुनै सुविधा प्रदान नगरिएको कम्पनीले जनाएको छ।

कम्पनीको कम्पनी सचिवमा श्रीराम बखती, प्लान्ट इन्जिनियरमा स्वागत भट्ट र साइट सुपरभाईजरमा इश्वर खत्री रहेका छन्। कम्पनीका कुल १८ जना स्थायी कर्मचारी छन् ।

वित्तीय विवरण

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा विद्युत बिक्रीबाट ४ करोड ६९ लाख आम्दानी गरेको थियो भने सो वर्ष ३१ लाख ८३ हजार खुद घाटामा थियो। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा विद्युत बिक्रीबाट १३ करोड २६ लाख आम्दानी गरेको थियो भने सो वर्ष ७० लाख ४५ हजार खुद नाफा कमाएको थियो।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले विद्युत बिक्रीबाट १७ करोड ७५ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ भने यो वर्ष ५ करोड ६२ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले विद्युत बिक्रीबाट २० करोड ४७ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ भने यो वर्ष १० करोड ९७ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले विद्युत बिक्रीबाट २१ करोड ८ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ भने यो वर्ष ११ करोड ८२ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनी वास्तविक प्रति शेयर आम्दानी १.५५ रुपैयाँ थियो भने कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा प्रति शेयर आम्दानी ६.१८ रुपैयाँ हुने प्रक्षेपण गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा प्रति शेयर आम्दानी १२.०७ रुपैयाँ र आर्थिक वर्ष २०८३/८४ मा प्रति शेयर आम्दानी १३ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनी वास्तविक प्रति शेयर नेटवर्थ ९७.४३ रुपैयाँ थियो भने कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा प्रति शेयर नेटवर्थ १०४.५५ रुपैयाँ हुने प्रक्षेपण गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा प्रति शेयर नेटवर्थ ११६.६२ रुपैयाँ र आर्थिक वर्ष २०८३/८४ मा प्रति शेयर नेटवर्थ १२९.६२ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

आईपीओको पुँजीको उपयोग 

कम्पनीले आईपीओबाट कुल ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ संकलन गर्ने छ। जस मध्ये ३४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको ऋण तिर्न प्रयोग हुने छ।  बाँकि रहेको १० करोड रुपैयाँ कम्पनीको २०८१/६/२२ मा सम्पन्न साधारणसभाको निर्णय बमोजिम अन्य जलविद्युत कम्पनीको शेयरमा लगानी गर्न प्रयोग हुने छ।

कम्पनीले आयोजना निर्माण गर्नको राष्ट्रिय वाणिज्य बैंकबाट ६५ करोड १७ लाख ऋण लिएको थियो। जसको वार्षिक किस्ता १ करोड ६ लाख हुन आउँछ। कम्पनीले बैंकलाई कुल ६४ करोड ५७ लाख ऋण तिर्न बाँकि रहेको छ।

रेटिंग विवरण 

कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (सातौं संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्युअर रेटिङ्ग गराउनु पर्ने भएकोले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेड, डिल्लीबजारबाट इस्युअर रेटिङ्ग गराएको छ । जसमा कम्पनीले [(ICRANP-IR) BBB- [Triple B Minus ) ] रेटिङ्ग प्राप्त गरेको छ । ICRA -NP BBB-(Is) ले “Considered to have moderste degree of safety regarding timely servicing of financial obligations” जनाउँदछ। यसको अर्थ ICRA NP BBB- (Is) को स्थिति ICRA – NP B+ (Is) को भन्दा एक चिन्ह तल रहन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमा नयाँ सुरुवात, सरकारी कर्मचारीले १६ गते नै पाए १५ गतेसम्म काम गरेको तलव

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

मालपोत कार्यालयको दैनिक अनुगमन मन्त्रीको कार्यकक्षबाटै

देशभरका मालपोत कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थाबारे मन्त्रालयले दैनिक...

२९ महिनापछि टुङ्गो लाग्यो हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्चमा परेको मुद्दा

हिमालयन रिइन्स्योरेन्सको आईपीओ मूल्यबारे सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो...

कर्मचारीले १५ दिनमै पाउन थाले तलब

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

एमआरपी कार्यान्वयनको समस्याबारे उद्योग वाणिज्य संघ काठमाडौँद्वारा छलफल

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले ‘एमआरपी सम्बन्धी बजार समस्या”...

समस्याग्रस्त शेयर मार्केट्स एण्ड फाइनान्स सम्हाल्नको लागि ३ जनाको नाम सर्टलिस्ट

पुतलीसडकमा रहेको समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको...
spot_img