Sunday, May 31, 2026
spot_img

व्यवसायमैत्री मौद्रिक नीति ल्याउन उद्योग वाणिज्य संघ काठमाडौँको आग्रह

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । संघले संचालन गर्दै व्यवसायी आवाज कार्यक्रम शृंखला अन्तर्गत आज दोस्रो चरणको कार्यक्रम गर्दै मौद्रिक नीतिको लागि सुझाव प्रस्तुत गरेको हो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले अहिले व्यवसाय र व्यवसायीहरु अप्ठेरोमा परेकोले अर्थतन्त्र चलायमान हुने गरि व्यवसाय मैत्री मौद्रिक नीति आउनु पर्ने बताए । उनले बैंकले कर्जा दिँदा ऋणीको पनि सहमति हुने गरेको उल्लेख गर्दै ऋणीलाई अप्ठेरो परेको बेला ऋणीलाई बैंकले सहयोग गर्नु पर्ने बताए । जसरी बैंकलाई अप्ठेरो पर्दा राष्ट्र बैंकले सहयोग गर्छ त्यसरी नै ऋणीलाई अप्ठेरो पर्दा बैंकले सहयोग गर्ने उनको भनाई छ  ।

त्यस्तै उनले ऋणीलाई कालोसूचीमा राख्ने प्रावधान परिमार्जन गर्न माग गरेका छन् । कालोसूचीमा राख्नु ऋणीलाई मृत्युदण्ड दिए सरह भएको दाबी गर्दै उनले पैसा भएर पनि ऋण नतिर्नेलाई मात्र कलोसूचीमा राख्न माग गरेका छन् । कर्जा लिनेले कर्जा दुरुपयोग गरेपनि कालोसूचीमा राख्न सकिने उनको भनाई थियो ।

बैंकले  गरेको मुल्यांकन वेवास्ता गरी बैंकको मिलोमतोमा कर्जा लिनेको सम्पत्ति वापत दिएको कर्जा भन्दा कम मुल्यांकन गरी सम्पत्ति लिलाम गर्ने र काम गरी खाने लाई सुकुमबासी बनाउने काम नगर्न पनि उनले आग्रह गरेका छन् । कर्जा दिए पछि बैंकले पनि केहि जोखिम लिनु पर्ने उनको भनाई छ ।

त्यस्तै संघले सम्पति व्यवस्थापन कम्पनी खडा गर्नु पर्ने, एक ठाउँमा केवाईसी भरे हुने व्यवस्था गर्नु पर्ने, ऋण लिंदा भर्नु पर्ने कागजात घटाएर एउटा मात्र हस्ताक्षर गरेर ऋण लिन सकिने व्यवस्था गर्नु पर्ने लगायतका सुझाव दिएको छ ।

चल्ती खाताको रकम कर्जामा सर्न सकिने तर व्यवसाय सम्बन्धि खर्च गर्न मासिक १ % मात्र कर्जा खाता बाट चल्तीमा सार्न पाइने व्यवस्था परिमर्जिन गरी कर्जा खाताबाट व्यवसायको तलब बहाल ब्याज भुक्तानी गर्न वा चल्तीमा सार्न कर्जा खाता साथै चल्ती खाता चलाउन पाउनु पर्ने माग पनि संघले गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रिय लट्री कार्यक्रम संचालन गर्दै सरकार, हरेक दिन एक जनालाई लखपति बनाउने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हरेक दिन राष्ट्रिय लट्री...

बजेटबारे सर्वाधिक आलोचना भएका विषयबारे अर्थमन्त्रीले के के दिए प्रष्टीकरण ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे...

शेयरबजारको पुँजीगत लाभकर फाइनल नै हो : अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकले लगानी गर्ने

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५...

अर्थमन्त्रीले कहाँबाट ल्याउँदैछन् २४७ अर्ब वैदेशिक ऋण ? चीनसँग १ अर्ब, भारतसँग २ अर्ब मात्रै

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

सिबिफिनले गर्यो बजेटको स्वागत, निजी क्षेत्रको मनोवल बढ्ने विश्वास

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बजेटको स्वागत...
spot_img