Wednesday, May 6, 2026
spot_img
spot_img

बैंकहरुलाई पनि राहत, निर्देशित क्षेत्रमा प्रवाह गर्नु पर्ने कर्जाको समय थपियो

spot_img
spot_img

बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य गरिएको निर्देशित क्षेत्रमा कर्जा प्रवाह गर्न थप समय पाएका छन्। नेपाल राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै समय थप गरेको हो।

नयाँ व्यवस्था अनुसार बैंकहरुले कृषिमा २०८५ असार मसान्तसम्म १५ प्रतिशत कर्जा प्रवाह गरे हुने छ। यस अघि कृषिमा २०८४ असार मसान्तसम्म १५ प्रतिशत कर्जा प्रवाह गरिसक्नु पर्ने व्यवस्था थियो।

त्यस्तै बैंकहरुले  लघु, घरेलु, साना एवम् मझ्यौला क्षेत्रमा २०८५ असार मसान्तसम्म १५ प्रतिशत कर्जा प्रवाह गरे हुने छ। यस अघि यो शिर्षकमा २०८४ असार मसान्तसम्म १५ प्रतिशत कर्जा प्रवाह गरिसक्नु पर्ने व्यवस्था थियो।

विकास बैंक र फाइनान्सलाई पनि कृषि, लघु, घरेलु तथा साना उद्यम / व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा प्रवाह गर्नको लागि १ वर्षको समय थप गरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ...

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूची सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदको मतपरिणाम...

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी...

एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा...

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर र कृष्णप्रसाद निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा...

वैदेशिक रोजगारीमा रहेकाले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन...
spot_img