Wednesday, May 6, 2026
spot_img
spot_img

राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले माग्यो सुझाव

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव माग गरेको छ । कार्यदलले इच्छुक संस्था तथा व्यक्तिबाट आफ्नो अनुभव र विज्ञताका आधारमा २०८२ असार ११ सम्ममा कार्यदलको इमेल ठेगाना [email protected] मार्फत सुझावहरु उपलब्ध गराइदिन अनुरोध गरेको हो ।

कार्यदलले निम्न विषयमा सुझाव दिन सकिने जनाएको छ ।

(१) बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ।

(२) आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।

(३) ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।

(४) बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका (merger and post- merger) समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।

(५) नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।

(६) पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेका हुन् । कार्यदलको संयोजकमा डा. रेवतबहादुर कार्की रहेका छन्। कार्यदलको सदस्यमा भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक-सदस्य सचिव रहने छन् । उक्त कार्यदलको समयावधि एक महिनाको रहने छ।

यस अघि : गभर्नरले गठन गरे बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, पुँजीबजार विकासको लागि पनि समन्वय गर्ने

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ...

वस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूची सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको सदस्य पदको मतपरिणाम...

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी...

एसोसियटतर्फ सचिन ढकाललाई सर्वाधिक मत, कसले कति ल्याए ?

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा...

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर र कृष्णप्रसाद निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा...

वैदेशिक रोजगारीमा रहेकाले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैदेशिक रोजगारीमा नेपालीलाई निष्काशन...
spot_img