नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक बर्ष २०८२/०८३ को बजेटको स्वागत गरेको छ। नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएकोमा ति नीतिगत सुझावहरुलाई मननगरी अटोमोवाइल मैत्री बजेट आएको नाडाले जनाएको छ ।
नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई बजेटले समेटेको नाडाले उल्लेख गरेको छ । नाडाले भनेको छ ‘यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मौद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ ।’
नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा नाडाले सरकारप्रति हार्दिक आभार सहित धन्यवाद प्रकट गरेको छ।













