Wednesday, August 26, 2026
spot_img
spot_img

१८ घण्टासम्म सेवा अवरुद्द हुने गरी त्रिभुवन विमानस्थलबाट कसले चोर्‍यो टेलिफोनको तार ?

spot_img

बुधबार बिहानै बुद्ध एयरले आफ्नो आधिकारिक फेसबुक च्याट ग्रुपमा काठमाडौंस्थित आन्तरिक विमानस्थलमा टेलिफोन लाइन अवरुद्ध रहेको खबर आयो । बुद्धका प्रतिनिधिले सोही म्यासेजसँगै उडानसम्बन्धी जानकारीका लागि कल सेन्टर वा मोबाइल एपमार्फत् सूचना लिन सेवाग्राहीलाई अनुरोध गरे ।

सुरुमा बुद्धको मात्रै टेलिफोनमा समस्या आएको होला भनेर खासै चासो दिएको पाइएन । तर, केही बेरपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ सबै टेलिफोन सेवा अवरुद्द भएको समाचार फैलियो । यद्यपी, त्यतिबेलासम्म के कारणले सेवा अवरुद्द हुन पुग्यो भन्ने जानकारी कतैबाट थाहा भएको थिएन ।

एयरपोर्ट प्रशासनले टेलिकमका प्राविधिकलाई खबर गर्‍यो । प्राविधिकहरु आएर हेरेपछि बल्ल थाहा भयो की, टेलिफोनको फाइबर तार चोरी भएको रहेछ । जसका कारण मंगलबार साँझ ७ बजेदेखि नै आन्तरिकतर्फको ल्यान्डलाइन टेलिफोन सेवा अवरुद्ध हुन पुगेको रहेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले एयरपोर्टको आन्तरिक उडान हुने क्षेत्रतर्फ जाने बाटोमा रहेको नेपाली सेना बसेको ठाउँ नजिकै टेलिकमको तार काटिएको फेला परेको जानकारी दिएका छन् । उनका अनुसार टेलिकमका प्राविधिकहरुले हेर्दा ७ देखि ८ मिटर तार काटेर लगिएको पाइएको छ ।

जसका कारण करिब १८ घण्टा आन्तरिक टर्मिनलमा टेलिफोन सेवा अवरुद्ध हुन पुग्यो । अहिले भने मर्मत भएर टेलिफोन सेवा सञ्चालनमा आइसकेको नेपाल टेलिकमले जनाएको छ । यसबारे अब अनुसन्धान अघि बढ्ने विमानस्थल प्रशासनले जनाएको छ । यसका लागि प्रहरीको समेत सहायता लिइने बताइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...