माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३२.१८ प्रतिशतले घटेको छ।
तेस्रो त्रैमासको अवधिमा कम्पनीले १५ करोड २ लाख मात्र खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २२ करोड १५ लाख थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ६४.८२ प्रतिशतले घटेर २० करोड ४७ लाख कायम भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५८ करोड २० लाख थियो । यस अवधिमा कम्पनीको ब्याज खर्च १७ करोड १३ लाखबाट घटेर १२ करोड २७ लाख कायम भएको छ ।
गत असोजमा आएको बाढीका कारण कम्पनीको आयोजनामा क्षति पुगेको थियो । आयोजना मर्मत कै क्रममै रहेकोले कम्पनीको विद्युत बिक्रीको आम्दानी र खुद नाफामा गिरावट आएको देखिन्छ । कम्पनीले केहि महिना मै मर्मत कार्य सकेर नियमित विद्युत उत्पादन गर्ने जनाएको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड रहेको छ भने शेयर रिजर्भमा ६२ करोड ८६ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४.६९ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १४६.१० रुपैयाँ पुगेको छ।












