Tuesday, June 23, 2026
spot_img

३२ प्रतिशतले घट्यो माण्डु हाइड्रोको खुद नाफा

spot_img
spot_img

माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३२.१८  प्रतिशतले घटेको छ।

तेस्रो त्रैमासको अवधिमा कम्पनीले १५ करोड २ लाख मात्र खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २२ करोड १५ लाख थियो।

यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ६४.८२ प्रतिशतले घटेर  २० करोड ४७ लाख कायम भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५८ करोड २० लाख थियो । यस अवधिमा कम्पनीको ब्याज खर्च १७ करोड १३ लाखबाट घटेर १२ करोड २७  लाख कायम भएको छ ।

गत असोजमा आएको बाढीका कारण कम्पनीको आयोजनामा क्षति पुगेको थियो । आयोजना मर्मत कै क्रममै रहेकोले कम्पनीको विद्युत बिक्रीको आम्दानी र खुद नाफामा गिरावट आएको देखिन्छ ।  कम्पनीले केहि महिना मै मर्मत कार्य सकेर नियमित विद्युत उत्पादन गर्ने जनाएको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड रहेको छ भने शेयर रिजर्भमा ६२ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४.६९ रुपैयाँ पुगेको छ भने प्रति शेयर  नेटवर्थ १४६.१० रुपैयाँ पुगेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...
spot_img