Wednesday, April 22, 2026
spot_img
spot_img

सेकेण्ड ह्याण्ड विद्युतीय गाडीको खरिद बिक्रीमा भ्याट बिल अनिवार्य गर्न नाडाको सुझाव

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले प्रयोग गरिएका विद्युतीय सवारी साधनहरू (सेकेण्ड ह्याण्ड विद्युतीय गाडी)को खरिद बिक्रीमा भ्याट बिल अनिवार्य गर्न सुझाव दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा सुझाव पठाउँदै नाडाले सेकेण्ड ह्याण्ड विद्युतीय गाडीको बिक्रीमा भ्याट बिल अनिवार्य गर्न सुझाव दिएको हो ।

सेकेण्ड ह्याण्ड गाडीको कारोबारमा अनौपचारिक क्षेत्रको वर्चस्व रहेको जनाउँदै नाडाले प्रयोग गरिएको सवारी साधन बजारमा मासिक लगभग १ हजार ५०० चार पाङ्ग्रे सवारी साधन बिक्री हुने उल्लेख गरेको छ ।

‘यस क्षेत्रले वार्षिक अनुमानित ने.रु. १८ अर्बको कारोबार गर्दछ । जसमा १० प्रतिशत कर योग्य आय र १३ प्रतिशत मूल्य अभिबृिद्ध करले सरकारी राजस्वमा ने.रु. २३.४ करोड योगदान पुर्‍याउँछ’ नाडाले भनेको छ, ‘यथार्थ व्यापार तथ्याङ्कले नीति निर्माण र यातायात योजनामा सहयोग गर्नेछ ।’

नाडाका अनुसार मूल्य अभिवृद्धि कर नियम २०५३ को नियम ३३ मा प्रयोग गरिएका सामानहरूमा कर बिक्री र खरिद मूल्य बीचको भिन्नतामा मात्र गणना गरिन्छ भनी उल्लेख गरिएको र यो स्क्र्यापदेखि उच्च मूल्यका सवारी साधनहरूसम्म सबै प्रयोग गरिएका सामानहरूमा लागू हुने नाडाले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि...

सर्वोत्तम पेन्ट्सले वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वैशाख...

प्रभु इन्स्योरेन्सको साधारणसभा आज हुँदै

प्रभु इन्स्योरेन्सले आज वैशाख ९ गते साधारणसभा गर्दै छ।...

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका...

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...
spot_img