Thursday, July 9, 2026
spot_img

अनलाइन पेमेन्ट र आइपीएसबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

spot_img

स्वास्थ्य बीमाको नवीकरण शुल्क अब वालेट र आइपीएसजस्ता सेवाप्रदायकबाट भूक्तानी गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए । नागरिक एपमार्फत लिंक गरेर यसरी अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।

अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्डले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सुधारमार्फत नागरिकलाई सहज सेवा दिन प्रयास गरिरहेको बताएका छन् । जसका लागि आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको तीन महिनाबाट एक महिनाभित्रै सेवा लिन सकिने गरी मन्त्री पौडेलको प्रस्ताव मन्त्रिपरिष बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ ।

अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि अभ्यासमा आएको थिएन । अब नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेस मल्लले जानकारी दिए ।

हाल एजेन्टमार्फत मात्र बीमा नवीकरण गरिने व्यवस्था छ । यसले चाहेको समयमा तत्काल नवीकरण गर्न चाहनेलाई समस्या छ । यही समस्या हटेर नवीकरण दर वृद्धि हुने अपेक्षा बोर्डले गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...

सिबिफिनले भन्यो, ‘मौद्रिक नीति सन्तुलित, केही महत्वपूर्ण सुझाव भने समेटिएनन्’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र...

नाइमा मोबिलिटी एक्स्पोः यी हुन् ५१ स्टलमा रहने ब्राण्ड, कति छन् नयाँ लन्च ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना...

सेबोनले भन्यो ‘अर्को सातासम्म पुँजीबजार विकास मार्गचित्र आउँछ, सुझबुझपूर्वक लगानी गर्नु’

नेपाल धितोपत्र बोर्डले आगामी साता सम्ममा पुँजी बजार विकास...

अत्याधुनिक फिचर्ससहित नेपाल आउँदै ‘लिपमोटर बी०३’, नाईमा एक्स्पोमा लन्च हुने

लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी नेपाल आउने भएको छ ।...

नेप्सेमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि...
spot_img