Thursday, April 30, 2026
spot_img
spot_img

हिमालयन रि इन्स्योरेन्सको शेयर विवादमा उच्च अदालतले विपक्षीलाई बोलायो

spot_img
spot_img

हिमालय रि–इन्स्योरेन्सको शेयर विवादका सम्बन्धमा परेको मुद्दामा अदालतले प्रतिवादीलाई बोलाएको छ । मुकुन्द कुमार तिमल्सिनाले दायर गरेको रिटमा उच्च अदालत पाटनले विपक्षीलाई झिकाउने आदेश दिएको हो।

आज सोमबार उच्च अदालत पाटनका न्यायाधीश द्वय मुनेन्द्र प्रसाद अवस्थि र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले यस मुद्दामा प्रत्यर्थी (प्रतिवादी) झिकाउने आदेश दिएको हो । अदालतले प्रतिवादीहरु सुलभ अग्रवाल र उनकी श्रीमति सुभि अग्रवाललाई झिकाउने ओदश दिएको हो ।

तिमल्सिनाले २०८१ माघ २४ गते अदालतमा रिट दायर गरेका थिए।

के हो विवाद ? 

हिमालयन रि–इन्स्योरेन्स कम्पनीको २ लाख २५ हजार कित्ता कामख्या फिनकोर्प प्रा.लि.का लागि भनेर राखिएको थियो । सुरुमा यो कम्पनी सुलभ र सुभीकै थियो । हिमालयन रिइन्स्योरेन्सको शेयर कामख्या फिनकोर्पको नाममा पनि रहने भने पछि तिमल्सिनाले शेयर वापतको पैसा तिरेर कामख्या फिनकोर्प कम्पनी  किने । तर, कम्पनीको नाममा जगेडा कायम भएको २ लाख २५ हजार थान शेयर आफ्नो जानकारी बिना अम्बर प्रोभेष्टेमन्ट कम्पनी प्रा.लि.का नाममा ट्रान्सफर भएको तिमल्सिनाको भनाइ छ । उनका अनुसार हाल उनीसँग कम्पनी मात्र छ, तर सो कम्पनीको नाममा हिमालयन रिइन्स्योरेन्सको हुनु पर्ने जति शेयर छैन ।

आफूहरुलाई थाहा नै नदिई कम्पनीको नाममा रहेको हिमालयन रिइन्स्योरेन्सको शेयर बिक्री गरेको भन्दै उनले सुरुमा कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी हालेका थिए । तर, कम्पनी रजिष्ट्रारको कार्यालयले निवेदन खारेज गर्दै प्रतिवादीकै निर्णय सदर गरेपछि तिमल्सिनाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनले कामाख्या फिनकोर्प प्रा.लि.सहित सुलभ अग्रवाल र उनकी श्रीमति सुभी अग्रवाललाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

कामाख्या फिनकोर्प प्रा.लि.ले साउनमै कम्पनीका शेयर सदस्यको जानकारी बिना नै शेयर बिक्री भएको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएपनि कम्पनी रजिष्ट्रारको कार्यालयले निवेदन खारेज गर्दै प्रतिवादीकै निर्णय सदर गरेपछि अदालतमा मुद्दा परेको थियो ।

त्यसपछि अदालतले आज विपक्षीलाई झिकाउने आदेश दिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img