Wednesday, April 22, 2026
spot_img
spot_img

नेपालमा गुड्छन् नेपालमै बनेका ५०० युनिट भेन्यू र ९० युनिट क्रेटा

spot_img
spot_img

नेपालमै एसेम्बल भएका गाडीको संख्या ५ सय नाघेको छ । बिजनेश पानासँगको कुराकानीमा लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले केही दिन अगाडी नेपालमै एसेम्बल भएको हुण्डाईको भेन्यू ५ सय बढी युनिट बिक्री भइसकेको जनाएका थिए । यस्तै, गत महिनाबाट मात्रै नेपालमै एसेम्बल भएर बजारमा आएको क्रेटा पनि ९० युनिट जति उपभोक्तालाई हस्तान्तरण गरिसकिएको उनको भनाइ थियो ।

आज आइतबार भन्सार विभागको तथ्यांकले पनि उक्त भनाइ पुष्टि गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८१/०८२ को ९ महिनामै ४ सय गाडी नेपालमै एसेम्बलका लागि भित्रिएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा यस्ता अनएसेम्बल्ड गाडी २१० युनिट नेपाल भित्रिएका थिए । आर्थिक वर्ष २०७९/८० मा भने जम्मा ४ युनिट मात्रै ल्याइएको थियो ।

हुन्डाईले सुरुमा भेन्यू एसयूभीबाट नेपालमै एसेम्बल थालेको थियो । गत महिनाबाट लक्ष्मी ग्रुपले हुण्डाइको सर्वाधिक सफल मोडल क्रेटाको पनि आईसी प्लेटफर्मको नेपालमै एसेम्बल सुरु गरेको छ । महाप्रबन्धक थपलियाका अनुसार अब आई१० पनि एसेम्बल गर्ने तयारी भइरहेको छ ।

उनका अनुसार सहुलियत पाएको खण्डमा लक्ष्मी ग्रुपले ईभीको पनि एसेम्बल गर्न सक्ने क्षमता राख्छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले एसेम्बल सपका १४ मध्ये २ वटा स्टेशन ईभीका लागि राखेको छ ।

सरकारले नेपालमै एसेम्बल गर्ने गाडीको अन्तःशुल्कमा ५० प्रतिशतसम्म छुट दिएपछि लक्ष्मी ग्रुपले नेपालमै हुण्डाईका भेन्यू र क्रेटाको एसेम्बल गर्दै आएको छ । अहिले नेपालमै बनेको क्रेटाको माग उच्च रहेको छ । आयात गरेर ल्याइएको भन्दा नेपालमै एसेम्बल गरिएको क्रेटाको मूल्य ४ लाखदेखि ९ लाखसम्म सस्तो छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...
spot_img