Wednesday, April 22, 2026
spot_img
spot_img

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

spot_img
spot_img

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेटघट गरेको छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्राधिकरणका अध्यक्षसँग छलफल गरेको हो ।

सो क्रममा अध्यक्ष ओझाले बीमा प्राधिकरणले विद्युतीय सवारी (ईभी)का लागि छुट्टै बीमा पोलिसी बनाउन लागिएको जानकारी गराएका छन् । प्राधिकरणले ईभीको स्पेयर पाट्र्स, सर्भिसमा लाग्ने खर्च र बिक्री मूल्यलाई आधार बनाएर बीमा पोलिसी बनाउन लागेको अध्यक्ष ओझाले जानकारी दिएका हुन् । उनका अनुसार ईभीको छुट्टै बीमा पोलिसी बनाउने काम अघि बढिसकेको छ ।

छलफलामा नाडाको तर्फबाट विद्युतीय सवारी साधनका सम्बन्धि नीति निर्माण गर्दा अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाउन सुझाएको छ । नाडाका उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी बीमा नीति आवश्यक रहेको बताएका थिए ।

छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी तथा बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारीसहित नाडाबाट महासचिव सुरेन्द्रकुमार उप्रेती, कार्य समिति सदस्य यमुना श्रेष्ठ र साधारण सदस्य महेश पालसमेतको उपस्थिति थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् । गुरुङले नागरिक...

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...
spot_img