Thursday, April 30, 2026
spot_img
spot_img

१५ मेगावाटको दोस्रो सोलार आयोजना निर्माण गर्दै पशुपति रिन्यूएबल्स

spot_img
spot_img

पशुपति रिन्यूएबल्स लिमिटेडले आफ्नो दोस्रो सोलार  आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएको छ। कम्पनीले १५ मेगावाट क्षमताको धरमनगर सोलार आयोजना २ निर्माणको लागि उत्पादन अनुमति माग गरेको हो ।

सो आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरिसकेको छ। उल्लेखित आयोजना संचालन गर्दा आयोजना स्थालमा कुनै उल्लेखनीय प्रतिकुअल असर गर्ने भएमा ३५ दिनभित्र विभागमा जानकारी गराउन विभागले आग्रह गरेको छ ।

धरमनगर सोलार फार्म – २ को जडित क्षमता १५ मेगावाट हुनेछ र यस आयोजनाबाट वार्षिक सरदर ३०.२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचनाहरु कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ६ मा करिब १७ हेक्टर जग्गामा प्रस्ताव गरिएको छ ।

आयोजनाका सोलार फोटोभोल्टाइक प्यानलहरुबाट DC विद्युत निकाली सो लाई २०० किलोवाट क्षमताका ७५ वटा स्ट्रीङ इन्भर्टर मार्फत १५ मे.वा. विद्युत उत्पादन गरिनेछ । यसरी उत्पादित विद्युतलाई ३३ के.भी. प्रसारण लाईन मार्फत नेपाल विद्युत प्राधिकारणको शिवपुर सब-स्टेशनमा जोडिने छ। यो आयोजना २०८१ चैत्र भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

आयोजनाको निर्माण तथा सञ्चालन गर्दा विद्युत ऐन, २०४९ को दफा २४ बमोजिम भू-क्षय, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखित प्रतिकुल असर नपर्ने गरि आयोजनाको स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (EIA) अनुसार गर्न लगाइने कम्पनीले जनाएको छ।

पब्लिक कम्पनीको रुपमा रहेको  पशुपति रिन्यूएबल्सले आईपीओ निष्काशनको तयारी पनि गरिरहेको छ । कम्पनीले १० मेगावाटको धरमनगर सोलार आयोजना १ पनि निर्माण गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् सरकारले सिफारिस गरेका ६ अध्यादेश, दबाबमा रहेका राष्ट्रपति आज छलफल गर्दै

सरकारले राष्ट्रपति समक्ष ६ वटा अध्यादेश जारी गर्नको लागि...

हिमालयन पावर पार्टनरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

हिमालयन पावर पार्टनर लिमिटेडले आज वैशाख १७ गतेदेखि हकप्रद...

सोपान फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँड हुँदै

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज...

माउण्ट एभरेष्ट पावरको पहिलो चरणको आईपीओ आजदेखि

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आज वैशाख १७ गतेदेखि...

नेपालमा नयाँ सुरुवात, सरकारी कर्मचारीले १६ गते नै पाए १५ गतेसम्म काम गरेको तलव

सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको...

मालपोत कार्यालयको दैनिक अनुगमन मन्त्रीको कार्यकक्षबाटै

देशभरका मालपोत कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थाबारे मन्त्रालयले दैनिक...
spot_img