Friday, May 23, 2025
spot_img

१५ मेगावाटको दोस्रो सोलार आयोजना निर्माण गर्दै पशुपति रिन्यूएबल्स

spot_img

पशुपति रिन्यूएबल्स लिमिटेडले आफ्नो दोस्रो सोलार  आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएको छ। कम्पनीले १५ मेगावाट क्षमताको धरमनगर सोलार आयोजना २ निर्माणको लागि उत्पादन अनुमति माग गरेको हो ।

सो आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन वन मन्त्रालयले स्वीकृत गरिसकेको छ। उल्लेखित आयोजना संचालन गर्दा आयोजना स्थालमा कुनै उल्लेखनीय प्रतिकुअल असर गर्ने भएमा ३५ दिनभित्र विभागमा जानकारी गराउन विभागले आग्रह गरेको छ ।

धरमनगर सोलार फार्म – २ को जडित क्षमता १५ मेगावाट हुनेछ र यस आयोजनाबाट वार्षिक सरदर ३०.२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचनाहरु कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ६ मा करिब १७ हेक्टर जग्गामा प्रस्ताव गरिएको छ ।

आयोजनाका सोलार फोटोभोल्टाइक प्यानलहरुबाट DC विद्युत निकाली सो लाई २०० किलोवाट क्षमताका ७५ वटा स्ट्रीङ इन्भर्टर मार्फत १५ मे.वा. विद्युत उत्पादन गरिनेछ । यसरी उत्पादित विद्युतलाई ३३ के.भी. प्रसारण लाईन मार्फत नेपाल विद्युत प्राधिकारणको शिवपुर सब-स्टेशनमा जोडिने छ। यो आयोजना २०८१ चैत्र भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

आयोजनाको निर्माण तथा सञ्चालन गर्दा विद्युत ऐन, २०४९ को दफा २४ बमोजिम भू-क्षय, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखित प्रतिकुल असर नपर्ने गरि आयोजनाको स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (EIA) अनुसार गर्न लगाइने कम्पनीले जनाएको छ।

पब्लिक कम्पनीको रुपमा रहेको  पशुपति रिन्यूएबल्सले आईपीओ निष्काशनको तयारी पनि गरिरहेको छ । कम्पनीले १० मेगावाटको धरमनगर सोलार आयोजना १ पनि निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img