कमजोर भिजिबिलिटीका कारण आन्तरिक उडान हुने प्रमुख विमानस्थलहरुमा उडान हुन छैन । पोखरा र भरतपूरसहित ४ विमानस्थलमा कमजोर भिजिबिलिटीका कारण जहाज उडान अवतरण हुन नसकेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् ।
यस्तै, तुम्लिङटार र सुर्खेत विमानस्थलमा पनि भिजिबिलिटी कमजोर हुँदा उडान अवतरण प्रभावित भएका छन् ।
दिउँसो भिजिबिलिटी सफा भएमा उडान सञ्चालन हुनेछन् ।









