Sunday, April 19, 2026
spot_img
spot_img

नयाँ वर्ष लक्षित ‘जाऊँ है पोखरा अभियान’, विभिन्न प्याकेज पनि सार्वजनिक

spot_img
spot_img

होटल संघ नेपाल पोखराले नयाँ वर्ष २०८२ सालको अवसरमा ‘जाऊँ है पोखरा अभियान’ सार्वजनिक गर्दै विभिन्न प्याकेजसमेत घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संघले यही चैत्र ३० देखि वैशाख १ गतेसम्म ‘२० औं फेवा महोत्सव २०८२’ मनाउन लागेको जानकारी पनि दिएको छ ।

उक्त महोत्वसवको प्रचारप्रसारको लागि संघले नेपाल पर्यटन बोर्डको सहकार्यमा पूर्वी नेपालका प्रमुख सहरहरूमा ‘जाऊँ है पोखरा’ अभियान सञ्चालन गरेको छ । त्यसै अवसरमा संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखराजस्ता प्याकेज घोषणा गरेको छ ।

जाऊँ है पोखरा प्याकेजअन्तर्गत एक जनाले न्यूनतम ४ हजार ९९० रुपैयाँमा दुई रात–तीन दिनको विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन् । उक्त प्याकेजअन्तर्गत दुई रातको लागि डबल वा ट्वीन रुममा ब्रेकफास्टसहित बस्न मिल्ने, एयरपोर्टबाट टुरिष्ट बस पार्क वा पिकअपको सुविधा, स्वागत पेयपदार्थ र आधा दिनको लागि पोखरा सहर साइडसिइङ गर्न मिल्ने साथै एक घण्टा डुङ्गा यात्रा गर्न पाउनेछन् ।

शैक्षिक भ्रमण पोखरा प्याकेज अन्तर्गत त्रिपाल सेयररिङ बेसिसमा २ रातको ब्रेकफास्टसहितको बसोबासको व्यवस्था हुने संघले जनाएको छ । यो प्याकेजमा कम्तीमा ३० जना विद्यार्थी हुनुपर्नेछ । यस प्याकेजमा एक जना टुर एस्कर्ट र एक जना शिक्षकले निस्शुल्क सेवा लिन पाउने छन् । एयरपोर्टबाट टुरिष्ट बस पार्क वा पिकअपको सुविधा, स्वागत पेयपदार्थ र आधा दिनको लागि पोखरा सहर साइडसिइङ गर्न मिल्ने साथै एक घण्टा डुङ्गा यात्रा गर्न यी सबै सुविधाहरू न्यूनतम ६ हजार ५५० र अधिकतम १८ हजार ४४० रुपैयाँमा उपलब्ध हुनेछन् ।

मधुमास पोखरा प्याकेज अन्तर्गत नव दम्पती लक्षित गरेर नयाँ वर्षको अवसरमा मधुमास पोखरा प्याकेज सार्वजनिक गरेको छ । नवदम्पतीले प्रतिव्यक्ति ६ हजार ५५० र अधिकतम १८ हजार ४४० रुपैयाँ (ट्वीन सेयरमा) यो प्याकेज लिन सक्नेछन् । यस प्याकेजभित्र एयरपोर्टसम्म वा टुरिष्ट बस एरिया सम्म पिकअपको सुविधा, डिनर, ब्रेकफास्टसहित दुई रातको डबल रुमसहितको कोठा, निजी गाडीमा पोखरा सहर साइडसिइङ गर्न पाउने र एक घण्टा डुङ्गा सयर गर्न पाउनेछन् ।

पोखरा–मुक्तिनाथ प्याकेज अन्तर्गत न्यूनतम ६ जनाको समूह हुनुपर्ने गरी तीन रात चार दिनको प्याकेज ल्याइएको छ । यसमा पहिलो दिन पोखरा आगमन र आधा दिन पोखरा बजार साइड सिइङ गर्न पाइनेछ । दोस्रो दिन जीपमार्फत जोमसोम यात्रा र रात त्यही बास बस्ने र तेस्रो दिन मुक्तिनाथ दर्शन गरी पुनः पोखरा फर्किन पाइनेछ । चौंथो दिनमा पोखराबाट टुरिस्ट बस वा प्लेन उडानबाट घर फिर्ता हुन पाइनेछ । यो प्याकेज प्रतिव्यक्ति न्यूनतम १५ हजार ४९९ रुपैयाँ र अधिकतम २४ हजार ४९९ रुपैयाँमा खरिद गर्न सक्छन् ।

तीन रात चार दिनको ट्रेकिङ प्याकेजसमेत रहेको छ । यो प्याकेज न्युनतम १५ हजार ४९९ प्रतिव्यक्ति र अधिकतम २२ हजार ४९९ प्रतिव्यक्ति रहेको छ । यसमा पहिलो दिन पोखरादेखि घोरेपानी, दोस्रो दिन घोरेपानीदेखि तातोपानी, तेस्रो दिन तातोपानीबाट घान्द्रुक र चौथो दिन घान्द्रुकबाट पुन पोखरा फर्किनुपर्ने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

याम्बालिङ्ग हाइड्रोपावरले आयोजना प्रभावितलाई निष्काशन गरेको सेयर बाँडफाँड

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ...

बिपी राजमार्ग अवरुद्द

बिपी राजमार्गअन्तर्गत काभ्रेको कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड अवरुद्ध भएको...

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानीमा वृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

रासस ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको...

विदेशमा श्रमिक पठाउने विज्ञापनमा सम्पर्क विवरण खुलाउन वैदेशिक रोजगार विभागको निर्देशन

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजतपत्र प्राप्त...
spot_img