नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को प्रवक्तामा सुवास डाँगी तोकिएका छन् । यसअघि प्रवक्ता रहेका रमेश पौडेल नेपाल एयरलाइन्सको मलेसियास्थित स्टेसन प्रमुख (कन्ट्री म्यानेजर) बनेसँगै डाँगीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
उनी ग्राउण्ड सपोर्ट डिपार्टमेन्टका डेपुटी डाइरेक्टर हुन् ।
यसअघि प्रवक्ता रहेका मार्केटिङ विभागमा कार्यरत पौडेलले भने मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाल एयरलाइन्सको कार्यालयमा पुगेर शुक्रबार कन्ट्री म्यानेजरको कार्यभार सम्हालेका छन् ।









