Friday, July 17, 2026
spot_img

विश्व बैंकले दिएको १४ अर्ब ऋण सकिएपछि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को नाम फेरिँदै

spot_img

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को नाम परिवर्तन गर्ने तयारी गरेको छ । आउँदो आर्थिक वर्षबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम परिवर्तन गरेर ‘राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम’ राख्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।

यती प्रोजेक्ट सकिएपछि नाम फेरिँदै

नेपालमा विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ (यती प्रोजेक्ट) विगत ५ वर्षदेखि सञ्चालित छ । यो प्रोजेक्ट प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध छ । तर, आउँदो जुलाई १५ बाट यस प्रोजेक्टको अवधि सकिँदैछ ।

१२० मिलियन अर्थात् १४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायतामा सञ्चालित यती प्रोजेक्ट सकिएसँगै प्रधानमन्त्री रोजगार कार्यक्रमको नामसमेत फेर्न लागिएको हो । ‘१४ अर्बको यती कार्यक्रम आउँदो जुलाई १५ (असार मसान्त)मा सकिँदैछ, त्यसपछि नेपाल सरकारको लगानी रहेका कार्यक्रम मात्रै रहन्छन्’ श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख डण्डुराज घिमिरेले भने, ‘अब नाम पनि परिवर्तनका लागि प्रस्ताव गरिएको छ । प्रधानमन्त्री ज्यूले राष्ट्रपति, प्रधानमन्त्रीको नाममा कार्यक्रम राख्नु उचित्त हुँदैन भनेपछि प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम परिवर्तन गरेर ‘राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम’ राख्न लागिएको छ ।’

अहिले श्रम मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा पनि गरिरहेको छ ।

‘आन्तरिक रोजगार दशक’मा ‘फोकस’

सरकारले आगामी दशकलाई ‘आन्तरिक रोजगार दशक’ घोषणा गरिसकेको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २६ गते सन् २०२५–२०३५ लाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ घोषणा गरेका छन् ।

अहिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम (प्रस्तावित राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम)भन्दा पनि आन्तरिक रोजगार प्रवद्र्धन दशकलाई नै केन्द्रित गरेर कार्यक्रम बनाउन लागिएको जनाएको छ ।

‘आन्तरिक रोजगार दशक घोषणा भएको छ, अब सरकारको नीति कार्यक्रममा पनि यो विषय आउनेछ’ श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले भने, ‘आउँदो आर्थिक वर्षको बजेटबाट बजेटसहित यो कार्यक्रम अघि बढ्छ ।’

उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम न्यूनतम् रोजगारीका लागि थियो भने अब श्रमिकको क्षमता र सीप विकास सहितको रोजगार कार्यक्रम सञ्चालन हुनेछ । यस कार्यक्रममा विदेशबाट फर्किएका युवाहरुलाई ‘मेरुदण्ड’का रुपमा लिइने घिमिरेको भनाइ छ ।

‘विदेशबाट फर्केर आएका युवाहरुलाई स्वदेशमै रोक्ने, उनीहरुको सीप, ज्ञान र पूँजीसहित उनीहरुले सिकेको काम गर्ने संस्कृतिलाई स्वदेशमै उपयोग गर्ने गरि रोजगार दशकको कार्यक्रम बन्दैछ’ उनले थपे, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम न्यूनतम् रोजगारीका लागि थियो भने अब विदेशबाट फर्किएका युवाहरुलाई आन्तरिक रोजगारी र उद्यमशीलताको मेरुदण्ड मानेर वर्षेनी श्रम बजारमा आउने युवा जनशक्तिलाई सीपयुक्त बनाउने र त्यो सीप स्वदेशमै खपत गराउने लक्ष्य छ ।’

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...

नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओ सुमन आचार्यले सम्हाले कार्यभार

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सरकारी सेवाबाट आएका करारका कर्मचारी आजैदेखि निकालिए, अन्यलाई पनि हटाउने संकेत

सरकारले यस अघि सरकारी सेवामा रहेर हाल करारमा रहेका...
spot_img