नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई टुक्राउने विधेयक फिर्ता गर्न माग गर्दै प्राधिकरणका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । संसदमा दर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेय ,२०८१ को विरोधमा प्रदर्शन गर्दै कर्मचारीहरुले उक्त विधेयक फिर्ता गर्न माग गरेका छन् ।
प्राधिकरणको आधिकारिक ट्रेड युनियनले प्राधिकरणको प्रधान कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो । कर्मचारीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ तत्काल फिर्ता गर्न माग गरेका छन् ।
उनीहरुले हवाई क्षेत्र निजीकरण हुन लागेको भन्दै हवाई क्षेत्र निजीकरण तत्काल बन्द हुनुपर्ने माग गरेका छन् ।









