Thursday, April 30, 2026
spot_img
spot_img

जाइस् इमेजिङसहितको भिभो भि५० नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

spot_img
spot_img

ग्लोबल स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भिभो भि५० सार्वजनिक गरेको छ । जाइस्सँगको सहकार्यमा डिजाइन गरिएको यो अत्याधुनिक स्मार्टफोन प्रो-लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्सको संयोजनले स्मार्टफोन प्रविधिको नयाँ आयाम प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

मनोरञ्जन र सिर्जनात्मकताको लागि आदर्श मानिएको भिभो भि५० नेपाली प्रयोगकर्ताहरूको लागि उत्कृष्ट विकल्प सावित हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार भिभो भि५० मा रहेको ५० मेगापिक्सलको जाइस् ओआईएस् मेन क्यामेराले फ्ल्यागशिप स्तरको स्पष्टता र विवरण प्रदान गर्छ। ११९० अल्ट्रा वाइड एंगल क्यामेराले सुन्दर दृश्यहरू र ग्रुप तस्विरहरू कैद गर्न मद्दत गर्छ। सेल्फी पारखीहरूका लागि, ५० मेगापिक्सल जाइस् ग्रुप सेल्फी क्यामेराले ९२० जाइस् ऑटोफोकस वाइड एंगल लेन्स सहित नेचुरल र हाई-डेफिनिशन सेल्फ-पोर्ट्रेटहरू खिच्ने क्षमता राख्ने कम्पनीले जनाएको छ।

कम्पनीले भनेको छ ‘एआई औरा लाईट पोर्टेट २.० से १४३ गुणा अल्ट्रा- सफ्ट फिल लाइट प्रदान गर्छ भने जाइस् मल्टिफोकल पोर्ट्रेटले २३ एमएम, ३५ एमएम र ५० एमएम फोकल लेंथमा प्रोफेशनल पोर्ट्रेट इफेक्ट दिन्छ । बायोटार, बि-स्पीड र डिस्टागन जस्ता जाइस् स्टाईल ईफेक्टले पोर्ट्रेट तस्बिरहरूमा सिनेम्याटिक गहिराइ थप्छ ।’

कम्पनीका अनुसार भिभो भि५० ले 4K अल्ट्रा- क्लियर भिडियो रेकर्डिङ सुविधासहित उच्च स्तरको भिडियो निर्माण क्षमता प्रदान गर्छ। एआई ईरेज २.०, लाईभ कटआउट, फिल्म क्यामेरा मोड र लाईभ फोटो जस्ता प्रविधिहरूले प्रयोगकर्ताहरूलाई थप सिर्जनात्मक बनाउन मद्दत गर्छ । भिभो भि५० को ४१० गोल्डन कर्भचरसहितको क्वाड-कर्भ डिस्प्लेले न केवल आकर्षक लुक्स प्रदान गर्छ, तर सहज पकड र इमर्सिभ भ्यु अनुभवसमेत दिन्छ । एन्टी-मिस्टच एल्गोरिदमले मल्टिटास्किङ र गेमिङलाई सहज बनाउँछ ।

यो स्मार्टफोन दुई आकर्षक रंगहरू- स्टारी ब्लु र स्याटिन ब्लाक- म उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रदर्शनको मामलामा, क्वालकम स्न्यापड्रैगन ७ जेन ३ प्रोसेसरले १५% छिटो सिपियु प्रदर्शन र ५०% सुधारिएको जिपियु पावर प्रदान गर्छ । १२ + १२ जिबी को विस्तारित यमले कुनै पनि एप स्विचिङलाई सहज बनाउँछ । ६००० एमएएच ब्लु भोल्ट ब्याट्री र ९० वाट फ्ल्यास चार्ज प्रविधिले १० मिनेट चार्जमै ६ घण्टा कुरा गर्ने वा ३ घण्टा भिडियो स्ट्रिमिङ गर्ने क्षमता दिन्छ । आईपि ६८ र ६९ वाटर तथा डस्ट रेसिस्टेन्सले यो स्मार्टफोनलाई दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउने कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार नयाँ टेक्नोलोजी र उत्कृष्ट डिजाइन सहितको भिभो भि५०को नेपाली बजार मूल्य रु ६७९९९ तोकिएको छ । मार्च १८ देखि मार्च २४ सम्म प्रिबुकिङ उपलब्ध हुनेछ, जसअन्तर्गत ग्राहकहरूले निःशुल्क भिभो इयरबड्स पाउनेछन्। पहिलो बिक्री मार्च २५ बाट भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...

डोलेश्वर भिलेज रिसोर्टले माग्यो आईपीओ निष्काशन अनुमति

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आईपीओ निष्काशनको...

एशियन कंक्रिटोले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

भगवती स्टील इण्डष्ट्रिजले प्रिमियममा आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

भगवती स्टील इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै...
spot_img