Friday, June 5, 2026
spot_img

बलेफी हाइड्रोले लिलामीमा ल्याएको शेयरको कटअफ मूल्य कति ?

spot_img
spot_img

बलेफी हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको हकप्रद शेयरमा परेका बोलपत्रहरु खोलिएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज फागुन २२ गते बिहिबार बिहान  क्यापिटलको लाजिम्पाट स्थित कार्यालयमा बोलपत्रहरु खोलेको हो ।

कम्पनीले फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म हकप्रदमा अवितरित  कुल १७ लाख ९८ हजार ६ सय ५६ कित्ता शेयर लिलाममा ल्याएको थियो । यसमा १७ सय भन्दा धेरै आवेदन परेका थिए ।

लिलामीमा आएको मध्ये ६ लाख ७६ हजार १ सय ९१ कित्ता संस्थापक शेयर थियो। यस समूहको शेयरको प्रारम्भिक कटअफ मूल्य २२६ रुपैयाँ कायम भएको छ । यी शेयरको लकइन अवधि २०८१ चैत्र २९ गतेसम्म रहेको छ।

त्यस्तै ५ लाख ८ हजार ८ सय ९२ कित्ता सर्वसाधारण समुहको लकइनमा रहेको शेयर थियो । यस समूहको प्रारम्भिक  कटअफ मूल्य २२७ रुपैयाँ कायम भएको छ। यी शेयरको लकइन अवधि २०८१ चैत्र २९ गतेसम्म रहेको छ।

त्यस्तै लकइनमा नरहेको सर्वसाधारण समूहको ६ लाख १३ हजार ५ सय ७३ कित्ता शेयर पनि लिलाममा आएको थियो। यस समूहको प्रारम्भिक कटअफ मूल्य ३२३ रुपैयाँ कायम भएको छ ।

यो प्रारम्भिक कटअफ मूल्य मात्र रहेको क्यापिटलले जनाएको छ।  फाइनल भेरिफिकेसन र चेक क्लियरिंगको काम चलिरहेकोले सो कार्य सकिएपछि मात्र फाइनल कटअफ मूल्य आउने क्यापिटलले जनाएको छ । अन्तिम कटअफ मूल्य भने प्रारम्भिक कटअफ मूल्य केही तलमाथि हुन सक्छ ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने व्यवस्था थियो । आवेदन दिंदा कुन समूहको शेयरको लागि आवेदन दिएको हो, सो खुलाउनु पर्ने थियो।

कम्पनीले मङ्सिर २७ गतेदेखि  पुस १७ गतेसम्म १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जसमा रितपुर्वक आवेदन दिने ५३ हजार ५७ जना लगानीकर्तामा १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको थियो। बिक्रि नभएको शेयर लिलाम भएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img