Thursday, June 18, 2026
spot_img

क्रेस्ट माइक्रो लाइफको वित्तीय अवस्था राम्रो छ, यसै वर्ष लाभांश दिन्छौं: सीइओ श्रेष्ठ 

spot_img
spot_img

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि आम सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्दै छ। कम्पनीले सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा सर्वसाधारणले फागुन २६  गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले  कम्पनीलाई माघ ३ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियो । बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त संस्था हो ।

कम्पनी नाफामा छ, यसै वर्ष लाभांश दिन्छौ  : सीइओ श्रेष्ठ 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले कम्पनीको वित्तीय अवस्था राम्रो रहेको बताएका छन्। बिजनेशपानासँग कुरा गर्दै सीइओ श्रेष्ठले कम्पनीको मुनाफा राम्रो रहेकोले कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश दिने बताएका हुन् ।

उनका अनुसार कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ४४ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो।  आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले १ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। भ्यालुएसन् पश्चात यो नाफा बढ्न पनि सक्ने उनको भनाई छ।

चालु आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले ५ करोड ८० लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। साथै त्यसपछिका दुई आर्थिक वर्षमा कम्पनीले क्रमश ९ करोड ३८ लाख र १० करोड ९४ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ४१ पैसा थियो। आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले प्रति शेयर आम्दानी ७.७४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। त्यसपछिका दुई वर्षमा भने कम्पनीले प्रति शेयर आम्दानी क्रमश १५.८१ रुपैयाँ र २०.६५ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ।

उनका अनुसार विरेन्द्रनगर–६ स्थित सुर्खेतमा केन्द्रीय कार्यालय रहको क्रेस्टले ललितपुरमा रहेको प्रादेशिक कार्यालय सहित २३ वटा शाखा तथा उपशाखा मार्फत आफ्नो व्यवसाय नेपाल भर संचालन गर्दै आईरहेको छ । यी शाखाहरुबाट राम्रो व्यवसाय आईरहेको सीइओ श्रेष्ठ बताउछन् । कम्पनीको वित्तीय अवस्था राम्रो रहेको, कम्पनीले डबल बि को राम्रो  रेटिङ पाएकोले उनले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

माइक्रो लाइफ इन्स्योरेन्सहरुले अधिकतम रु पाँच लाखसम्मको बीमाङ्क भएको लघु बीमा मात्रै जारी गर्न पाउने भएकोले यसले ग्रामिण भेगमा न्यून आय भएकाहरुलाई समेट्न सकिने र यसले कम्पनीको व्यवसाय राम्रो हुने उनी बताउछन्।  लघुबीमामा प्रोडक्ट तय हुँदा देखि नै निश्चित बोनस दर हुने भएकोले यसले बिमितलाई आकर्षण गर्ने उनको भनाई छ। कम्पनीले प्रति हजारमा ४० देखि ५० रुपैयाँसम्म बोनसदर दिएर सेवा दिईरहेको सीइओ श्रेष्ठ बताउछन् ।

कम्पनीको केन्द्रीय कार्यालय सुर्खेतमा रहेको र तुलानात्मक रुपमा अन्य बीमा कम्पनीहरु कर्णाली प्रदेशमा कम पुगेकोले कम्पनीलाई कर्णाली प्रदेशमा व्यवसाय विस्तार गर्न सहज रहेको उनको भनाई छ। उनका अनुसार कम्पनीले सहकारीहरु मार्फत सेवा विस्तार गरिरहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ...

लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुलाई विशेष छुट अफर

सरकारले लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका...

बुद्धभुमि नेपाल हाइड्रोले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको बोलपत्र...

औद्योगिक क्षेत्रभित्रको जग्गा भाडा सम्बन्धि विवादमा महासंघले मुख खोल्यो

नेपाल सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडद्वारा संचालित १०...

घट्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

युद्द अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौतामा हस्ताक्षर

इरान र संयुक्त राज्य अमेरिकाबीच युद्ध अन्त्य गर्न १४...
spot_img