Thursday, August 27, 2026
spot_img
spot_img

६० प्रतिशत सकियो काठमाडौँ एयरपोर्टको स्तरोन्नति, उडान समय थपिने

spot_img

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको भौतिक प्रगति ६० प्रतिशत पूरा भएको जनाएको छ । कात्तिक २३ देखि माघ १८ सम्म १० घन्टा विमानस्थल बन्द गरी सुरु गरिएको स्तरोन्नतिको काम सोमबारसम्म ६० प्रतिशत पूरा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका हुन् ।

यसअघि धावनमार्गको ७५ मिटर वरपरको काम सकिएसँगै माघ १९ देखि थप २ घन्टा उडान समय थपेर विमानस्थल चलाउन थालिएकोमा अब फागुन २० देखि थप एक घन्टा समय बढाइने छ ।

हाल स्तरोन्नतिका लागि विमानस्थल बेलुका ११ देखि बिहान ७ बजेसम्म पूर्ण रूपमा बन्द हुँदै आएको छ।

विमानस्थल धावनमार्गका दुवै बिन्दुतर्फका समानान्तर ट्याक्सी वे, धावनमार्ग जोड्ने लिंक वे तथा जहाज पार्किङ एरियालाई एप्रोनसँग जोड्ने बाटो र ह्यांगर क्षेत्रतर्फ भइरहेको विस्तार सकिएसँगै यस विमनस्थलबाट वार्षिक १ करोड यात्रुले सेवा लिन छन् ।

प्राधिकरणका अनुसार विमानस्थल स्तरोन्नतिको काम सकिएपछि धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...