Friday, June 26, 2026
spot_img

सर्वोत्तम सिमेन्टले किन्यो दुई सिमेन्ट कम्पनी, १५ रुपैयाँ मै लियो जगदम्बाको शेयर

spot_img
spot_img

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले सञ्चालनमा रहेका दुई सिमेन्ट उद्योगको सबै स्वामित्व खरिद गरेको छ । सर्वोत्तम सिमेन्टले शुभश्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेड र जगदम्बा सिमेन्ट प्रा. लि.को सम्पूर्ण शेयर स्वामित्व खरिद गरेको हो ।

सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले शुभश्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडको प्रति शेयर मूल्य रु १००।- र जगदम्बा सिमेन्ट प्रा. लि. को प्रति शेयर मूल्य १५/- का दरले खरिद गरिएको हो।  उनका अनुसार सर्वोत्तम सिमेन्टको शतप्रतिशत शेयर स्वामित्व रहेको सर्वोत्तम सिमेन्टको सहायक कम्पनी सर्वोत्तम होल्डिङ्गले ति दुई कम्पनीको शेयर स्वामित्व खरिद गरेको हो ।  दुबै कम्पनीको स्वतन्त्र लेखा परिक्षकबाट DDA प्रतिवेदन तयार गरी प्रतिवेदन बमोजिम शेयर खरिद गरिएको अध्यक्ष न्यौपानेले बताए ।

अध्यक्ष न्यौपानेका अनुसार  हाल सञ्चालनमा रहेका दुबै उद्योग खरिद गर्दा, करिब २२ बर्ष पुरानो ब्राण्डका साथै डिलर नेटर्वकको कम्पनीलाई साथ प्राप्त हुने छ। नयाँ उद्योग स्थापना गर्दा, हालको लगानीको ३ गुणा ठुलो पुँजीको आवश्यकताको साथै उद्योग स्थापना पश्चात उत्पादनको लागि आवश्यक बजार पर्वद्धन गर्न समय लाग्ने अवस्थामा उल्लेखित कम्पनीहरु खरिदको कार्य कम्पनीको हितमा रहेको उनले बताए।

शुभश्री जगदम्बामा सौरभ ग्रुपको ६० र शंकर ग्रुपको ४० प्रतिशत स्वामित्व थियो । अब सौरभ ग्रुपले ४० प्रतिशत स्वामित्व किनेर कम्पनीको पूर्ण स्वामित्व आफ्नो बनाएको हो । त्यस्तै जगदम्बा सिमेन्टमा शंकर ग्रुपको ४५ प्रतिशत र सौरभ ग्रुपको ५५ प्रतिशत स्वामित्व थियो । अब सौरभ ग्रुपले शंकर ग्रुपको नाममा रहेको ४५ प्रतिशत शेयर स्वामित्व खरिद गरेर कम्पनीको पूर्ण स्वामित्व लिएको हो । यस संगै दुवै कम्पनीबाट शंकर ग्रुप बाहिरिएको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img