अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले पोखरा–ल्हासा रुटमा सिँधा उडान गर्ने भएको छ । हिमालय एयरलाइन्सले आगामी मार्चदेखि पोखरा–ल्हासा रुटमा सिँधा उडान गर्ने घोषणा गरेको हो ।
हिमालयको यो उडान नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो नियमित उडान हुनेछ ।
चिनियाँ पर्यटकलाई लक्षित गर्दै हिमालयले ल्हासामा सिँधा उडान गर्न लागेको हो ।









