Thursday, April 23, 2026
spot_img
spot_img

एमजीको बहुप्रतिक्षित ईभी एस–५ भन्सारमा आइपुग्यो, अर्को हप्ताबाट बुकिङ खुलाइँदै

spot_img
spot_img

नेपालमा एजमी गाडीको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले एमजीको बहुप्रतिक्षित विद्युतिय एसयुभी एस–५ नेपाल भित्र्याउँदैछ । कम्पनीका अनुसार एस–५ भन्सार नाकामा आइपुगेको छ भने अर्को हप्तासम्म शोरुममा आइपुग्नेछ ।

शोरुममा गाडी आइपुग्नासाथ बुकिङ खुलाउने कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् ।

ईभी एस–५ यसअघि निकै चर्चित बनेको एमजी जेडएसको फेसलिफ्ट भर्सन रहेको बताइएको छ । एस–५ लाई उत्पादकले ‘प्योर इलेक्ट्रिक प्लेटफर्म’मा तयार पारेको छ ।

विश्व बजारमा बजारमा ४९ र ६२ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध एस–५ को दूबै भेरिएन्ट नेपाल आउने देखिएको छ । अन्तर्राष्ट्रि अटो साइटहरुमा उल्लेख भए अनुसार यस कारको रेन्ज क्रमश ४२५ र ५२० किलोमिटर दाबी गरिएको छ ।

एस–५ मा लिथियम आइरन फस्फेट ब्याट्री दिएको हो । यसको मोटर क्षमता भने १२५ किलोवाट छ । ७.२ किलोवाट क्षमताको चार्जरले यसलाई ८ घण्टामै फुल चार्ज गर्न सकिने बताइएको छ ।

नेपाली बजारमा यसको मूल्य कति पर्छ भन्ने सार्वजनिक भइसकेको छैन । यद्यपी, चिनियाँ बजारमा १४ देखी २० हजार डलरसम्म बिक्री भइरहेको छ ।

४ हजार ४७६ एमएम लामो, १ हजार ८४९ एमएम चौडा र १ हजार ६२१ एमएम अग्लो एस–५ मा २ हजार ७३० एमएम लामो ह्विलवेश दिइएको छ । सँगै, पानारोमि सनरुफ, १८ इन्चको मल्टि स्पोक एलोई ह्विल, भेन्टिलेसन सहितको लेदर सिट, १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस मोबाइल चार्जिङ, एडप्टिभ क्रुज कन्ट्रोल र ३६० डिग्री क्यामेरा लगायतका विशेषताले गाडीलाई आकर्षक बनाएको बताइन्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img