Thursday, April 23, 2026
spot_img
spot_img

काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

spot_img
spot_img

टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब आयल प्रालिले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा सर्भिस क्याम्प सम्पन्न गरेको छ । गत जनवरीमा कम्पनीले बालकुमारीस्थित वर्कशप साथी, पेप्सीकोलास्थित दि बाइकस्मिथ, गुड्डु रिपेयर सेन्टर टेकु र टिकटक वर्कशप-जरङ्खमा सर्भिस क्याम्प सम्पन्न गरेको हो ।

यी चारवटै सर्भिस सेन्टरमा राइडरको उपस्थिती निकै राम्रो रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार राइडरलाई उच्च गुणस्तरको इन्जिन आयल प्रयोग गर्दा हुने फाइदाबारे जानकारी दिन क्याम्प आयोजना गरिएको हो ।

क्याम्पमा सहभागी राइडरलाई बाइकको सर्भिसिङ तथा हेल्थ चेक अप निशुल्क प्रदान गरिएको कम्पनी भनाई छ । साथै, टोटल लुब्रिकेन्ट्सको प्रयोग पश्चात बाइकको पर्फमेन्स बढेको अनुभुती गराउनुको साथै बिज्ञमार्फन मेन्टिनेन्स टिप्स र गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो ।

क्याम्पमा सहभागी राइडरले टोटल लुब्रिकेन्ट्स प्रायोग पश्चात आफ्नो बाइकको पर्फमेन्स बढेको र इन्जिनबाट निस्कने अनावश्यक आवज समेत हटेको प्रतिक्रिया दिए । साथै उनीहरुले यस लुब्रिकेन्ट्सको प्रयोगले माइलेज समेत बढेको अनुभव गरे भने इन्जिनको आयू बढाउन समेत यसले भुमिका निर्वाह गरेको प्रतिक्रिया दिए ।

नेपालको भुगोल र सडकको अवस्थाले गर्दा पनि यहाँ गुड्ने सवारीसाधनमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स प्रयोग गर्नु अनिबार्य जस्तै हुने देखिन्छ । यसका लागी टोटल लुब्रिकेन्ट्स एउटा बलियो विकल्प हुने कम्पनी दाबी छ ।

टोटल इनर्जीजद्धारा उत्पादित इन्जिन आयलले चिसो र उच्च तापमानमा समेत इन्जिनलाई सजिलै स्टार्ट गराउन मद्धत गर्नुको साथै सिटी र अफ-रोड दुबै राइडिङमा उच्च पर्फमेन्स प्रदान गर्दछ । सो कार्यक्रम निकै सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने कम्पनीका सेल्स हेड सुबोध थापाले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img