Friday, July 17, 2026
spot_img

काभ्रेको ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’, नाईट स्टे र आउटिङको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै

spot_img

पछिल्लो समय काभ्रेको बल्थलीमा संचालनमा आएको ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ ग्राहकहरुको रोजाईमा पर्न थालेको छ । काठमाडौंबाट करिव ४० किलोमिटरको दुरीमा रहेको उक्त रिसोर्टमा पारिवारिक जमघट तथा सेमिनार गर्नेहरुको अहिले बाक्लो उपस्थिती रहेको छ । थुम्की अर्थात डाडाको टुप्पोमा रहेको उक्त रिसोर्टबाट बेलुकाको समयमा बनेपा, धुलिखेल, नबोबुद्ध, पनौतीलगायत बजारहरुको झिलिमिलीको मज्जा लिन सकिने छ भने बिहान र दिउँसोको समयमा मनोरम हिमश्रृखलाको मज्जा लिन सकिने छ ।

काभ्रेका स्थानीय सफल युवा व्यवसायी लक्ष्मण न्यौपानेको नेतृत्वमा काभ्रेको बल्थलीमा संचालनमा आएको थुम्की रिसोर्टमा रिसोर्टमा हाल २० लक्जरी रुम सहित आफ्नै कम्पाउण्डमा अर्गानिक खेती गरिएको छ । कुल २० करोड रुपैयाँको लगानीमा निर्मित उक्त रिसोर्टमा पहिलो चरणमा पर्यटकलाई अर्गानिक खाना सहितको बसोबास उपलब्ध गराउँदै आएको छ । ‘हामीले विशेषगरी अर्गानिक खानालाई प्राथमिकता दिँदै रिसोर्टभित्रै सोही अनुरुपका तरकारीहरु उत्पादन शुरु गरेका छौं भने स्थानीय स्तरबाटै लोकल कुखुरा, कालिज, खसी, बोका लागि उपलब्ध गराउँदै आएका छौंैं,’ उक्त रिसोर्टका अध्यक्ष न्यौपनोले भने, ‘विशेषगरी उक्त रिसोर्टमा आउने पाहुँनाहरुले अर्गानिक खानाका साथै पारिवारिक जमघटको मज्जा लिन सक्नुहुनेछ ।’

उक्त रिसोर्टमा सेमिनार, गोष्ठीलगायतका कार्यक्रमा गर्न ७० जना क्षमता भएको सेमिनार हल रहेको छ । साथै आगामी रिसोर्टले आगन्तुकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वीमिङ पुलका साथै स्टिम, साउना, ज्याकुजीको समेत सुविधा उपलब्ध गराउनले न्यौपानेले जानकारी दिए । ठूलो मात्रामा पार्किङ सुविधा रहेको उक्त रिसोर्टले आफ्नै फाम हाउस रहेको छ । साथै आगामी दिनमा बालबालिकालाई आकर्षित गर्न २० रोपनी जग्गामा चिल्ड्रेन पार्क समेत निर्माण गर्ने न्यौपानेले जानकारी दिएको छ । ‘हामीले उक्त रिसोर्टलाई सन् २०२४ बाट संचालनमा ल्याएको हौं,’ उनले भने, ‘अहिले पारिवारिक जमघट तथा वार्षिक साधारणसभा र सेमिनार गर्न आउने संघसंस्थाहरुको राम्रो उपस्थिती रहेको छ ।’ पछिल्लो समय होटलले उपलब्ध गराएको अर्गानिक खाना र सोही अनुरुपको सेवा सुविधाले गर्दा एक पटक आउनुभएको ग्राहकहरु पुनः आउने गरेको समेत उनको भनाई छ । तत्कालका लागि २० वटा लक्जरी रुमबाट सेवा दिँदै आएकोका निकट भविश्यमै थप ३० रुम थप्ने समेत उनले जानकारी दिए ।

अध्यक्ष न्यौपानेका अनुसार उक्त रिसोर्टबाट बेलुकाको सुर्याअस्तका साथै बिहानको सुर्योदयको समेत मज्जा लिन सकिनेछ । साथै रिसोर्टले हिमालयको दृश्यावलोकन गर्न आगन्तुकलाई उच्च क्षमताको टेलिस्कोप समेत उपलब्ध गराउँदै आएको छ । उक्त टेलिस्कोपबाट खगोलसम्बन्धी अध्ययन गर्ने विद्यार्थीलाई समेत फाइदा पुग्नेछ । साथै उक्त रिसोर्टबाट नमोबुद्ध, महाभारत रेञ्जको सबैभन्दा अग्लो स्थान नारायणथान, तिनधारे झर्ना, कामीडाँडा लगायत अन्य गुम्बा र बौद्ध स्तुपाको भ्रमण तथा हाईकिङ गर्न सकिनेछ । यसैगरी उक्त रिसोर्टबाट विश्वकै अग्लो त्रिशुल रहेको लर्केश्वर धाम र नमोबुध गुम्बामा समेत हाइकिङ गर्न किनेछ । साथै उक्त रिसोर्ट काभ्रेकै पहिलो अपाङमैत्री समेत रहेको छ । जहाँ कोठामा जान र वरपर घुम्न तथा हलमा कार्यक्रम गर्न सहजै ह्वीलचियरको प्रयोग गर्न सकिनेछ ।

उक्त रिसोर्ट संरक्षित क्षेत्रमा रहेकाले दुर्लभ बन्यजन्यतु सालकका साथै जरायो, मृग, दुम्सी, बँदेल, खरायो, चितुवा, कालिजलगायतका बन्यजन्तु तथा चराचुरुङ्गी हेरेर आनन्द लिन सकिनेछ । अपाङमैत्री उक्त रिसोर्टलाई वातावरणमैत्री समेत बनाईएको छ । रिसोर्टले त्यहाबाट निस्कने फोहोर तथा पानीलाई ढलमा नमिसाई आधुनिक प्रविधिबाट रिसाईकल गरी पुनः प्रयोगमा ल्याउने विधी समेत जडान गरिएको न्यौपानेले जानकारी दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img