Thursday, April 23, 2026
spot_img
spot_img

टाटाको ‘न्यू नेक्सन के३’ नेपाली बजारमा, यस्ता छन् विशेषता

spot_img
spot_img

टाटाको ‘न्यू नेक्सन के३’ नेपाली बजारमा आएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ९८ किलोवाट मोटसर पावरमा ४५ किलोवाट ब्याट्री प्याकमा आएको ‘न्यू नेक्सन के३’लाई नेपाल भित्र्याएको हो ।

कम्पनीका अनुसार यो गाडी टाटा नेक्सनको टप भेरिएन्ट हो । आधुनिक प्रविधिको प्रयोग, सुरक्षा फिचर्स र उत्कृष्ट पर्फमेन्ससहित १९० एमएमको ग्राउण्ड क्लियरेन्समा उपलब्ध टाटा नेक्सन के३ को बुकिङ आइतबारदेखि खुलाउने कम्पनीले जनाएको छ ।

आकर्षक र उच्चस्तरीय क्षमता सहितको यस गाडीमा उपलब्ध उच्च ग्राउण्ड क्लियरेन्सका कारण यस गाडी नेपालको भूगोल र बाटो सुहाउँदो रहेको कम्पनीको दाबी छ । यसमा ६ एयरब्याग र पार्किङ सेन्सरसहित ३६० डिग्री ‘सराउन्ड भ्यू क्यामेरा’ जडान गरिएको छ । आई–भीब्याक प्रणालीसहित एबीएस ब्रेकिङ सिस्टम, ईबीडी, ईएसपी समेत उपलब्ध छ ।

१२ इन्च चौडा सिनेमेटिक टचस्क्रिन र १० इन्च डिजिटल ककपिट उपलब्ध रहेको गाडीमा वायरलेस एन्ड्रियोड अटो र एप्पल कारप्लेसहित चार्जिङ सुविधा उपलब्ध छ ।

एक पटकको फूलचार्जमा ३८० किलोमिटरमाथिको रेन्ज प्रदान गर्ने बताइएको यस इभीमा भी२एल र भी२भी चार्जिङ पोर्टल छन् । अहिले टेस्ट ड्राइभ गराइरहेको कम्पनीले मूल्य भने सार्वजनिक गरेको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आगामी...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको ३०औँ...

यति ब्रुअरी र नेपाल चिया विकास निगमले पनि बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने

यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले...
spot_img