नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ।










