Friday, April 17, 2026
spot_img
spot_img

११ महिनामा शेयर लगानीकर्ताले तिरे ४८५ करोड पुँजीगत लाभकर, वैशाखको तुलनामा जेठमा दोब्बर

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा शेयर लगानीकर्ताले ४ अर्ब ८५ करोड पुँजीगत लाभकर तिरेका छन् । २०८० साउनदेखि २०८१  जेठसम्मको अवधिमा लगानीकर्ताले कुल ४ अर्ब ८५ करोड ७२ लाख ९३ हजार ४ सय ४२ रुपैयाँ  बराबरको पुँजीगत लाभकर तिरेका हुन् ।

जेठ महिनामा मात्र लगानीकर्ताले ७० करोड ४२ लाख ५२ हजार पुँजीगत लाभकर तिरेका छन् । जस मध्ये व्यक्तिगत तर्फको दिर्घकालीन लाभकर वापत २३  करोड ३७  लाख, व्यक्तिगततर्फको अल्पकालीन लाभकर वापत ३८ करोड ५५  लाख, र संस्थागत लाभकर वापत ८ करोड ४९ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर  संकलन भएको छ ।

वैशाखको तुलनामा पुँजीगत लाभकर जेठमा झन्डै दोब्बरले बढेको छ । वैशाखमा ३६ करोड २७ लाख लाभकर संकलन भएकोमा जेठमा ७० करोड ४२ लाख लाभकर संकलन भएको छ ।

चालु आर्थिक वर्षको ११ महिना मध्ये सबैभन्दा धेरै लाभकर माघ महिनामा संकलन भएको छ । माघमा लगानीकर्ताले ९७ करोड २० लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् । त्यस्तै पुसमा ७४ करोड ३९ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । हालसम्म सबैभन्दा कम कार्तिक महिनामा लाभकर संकलन भएको छ । कार्तिकमा ८ करोड ४१ लाख रुपैयाँ लाभकर संकलन भएको छ । कार्तिकमा दशैँ र तिहारको सार्वजनिक विदाका कारण धेरै दिन शेयर कारोबार नहुँदा लाभकर संकलनमा पनि कमी आएको हो ।

हेर्नुस् कुन महिनामा कति लाभकर संकलन ?

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने भएको...

६ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, ५ करोड ६७ लाख बाड्न मिल्ने

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को...

५९.५१ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी, ईपीएस १०.५४ रुपैयाँ

मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...

सांसद संख्या ५४३ बाट बढाएर ८५० पुर्याउँदै भारत, महिलालाई ३३ प्रतिशत आरक्षण

भारतीय संसदको विशेष सत्रमा आज सरकारले तीनवटा महत्वपूर्ण विधेयक...

दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले कांग्रेस नेता एवम् पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त...
spot_img