Monday, April 20, 2026
spot_img
spot_img

‘लाइसेन्स प्राप्त ब्रोकरले मात्रै घरजग्गा कारोबार गर्न पाउने व्यवस्था हुनुपर्छ’

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले इजाजत प्राप्त कम्पनीले मात्रै घरजग्गा कारोबार गर्न पाउने नीतिगत व्यवस्था हुनुपर्ने बताएका छन् । चेम्बरको पूर्वाधार तथा भूमी सुधार समितिका सभापति रोशन भोयाद्यो सहितको टिमलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा निवर्तमान अध्यक्ष मल्लले बिना इजाजत घरजग्गा कारोबार गर्नेहरुका कारण मुलुकले एकातिर राजस्व गुमाइरहेको र अर्कोतर्फ भूमीको अस्वभाविक खण्डिकरण भइरहेको बताउँदै इजाजत प्राप्त कम्पनीले मात्रै घरजग्गा कारोबार गर्न पाउने नीतिगत व्यवस्था हुनुपर्ने बताएका हुन् ।

‘इजाजत बिना, पान कार्ड बिना दलालीमार्फत घरजग्गा कारोबार हुँदा राज्यले राजस्व गुमाइरहेको छ’ उनले भने, ‘यसकराण सेयर कारोबार जसरी कम्पनीमार्फत हुन्छ, घरजग्गा कारोबार पनि त्यसैगरि इजाजत प्राप्त कम्पनीबाट मात्रै गर्न मिल्ने प्रणालीको विकास हुनु जरुरी छ ।’

यस्तै, अहिले बैंकमा ७ खर्ब भन्दा बढी लगानीयोग्य रकम भएपनि चालु पूँजी निर्देशिकाका कारण घरजग्गा व्यवसायसहित अन्य उद्योग व्यवसायमा समेत सहजै कर्जा प्रवाह हुन नसकेको निवर्तमान अध्यक्ष मल्लको भनाइ छ । उनले बैंकले ऋणीको अवस्था मूल्यांकन गरेर बैंक र ऋणीबीचको समझदारीमा कर्जा प्रवाह हुन खालको व्यवस्था आवश्यक रहेको पनि बताएका छन् ।

‘घरजग्गाको लोन टू भ्यालू रेसियो ठाउँ अनुसार ६० र ५० प्रतिशत छ, जबकी अटो लोनमा ८० प्रतिशतसम्म छ’ उनले थपे, ‘राष्ट्र बैंकले घरजग्गामा पनि कम्तीमा अटो लोन सरह लोन टू भ्यालू रेसियो कायम गर्नुपर्छ ।’

घरजग्गा व्यवसाय चलायमान भएमा सिमेन्ट, डण्डी, इँटा, पाइप, टायल, रंगरोगन जस्ता कयौँ उद्योगहरु चलायमान हुने बताउँदै उनले यस क्षेत्र चलायमान भएमा मजदूरले समेत काम पाउने भएकाले यस क्षेत्रलाई चलायमान गर्ने खालका नीतिगत प्रावधान अंगिकार गरिनुपर्ने सुझाव समेत दिएका छन् ।

‘रियल इस्टेट व्यवसाय भनेको व्यवस्थित सहरीकरणको काम पनि हो, अहिले रियल इस्टेट कम्पनीहरुले जग्गामा हदबन्दीको समस्या भोग्नु परिरहेको छ, उद्योग र कम्पनीका हकमा ३० रोपनी र १० बिगाहाको प्रावधानलाई यथाशक्य सरलीकरण गरिनुपर्दछ’ मल्लले भने ।

उनले बाँझो जमिनलाई माटो परीक्षणमार्फत अर्गानिक खेती प्रणालीमा जोड्न आवश्यक रहेको समेत बताएका छन् । अर्गानिक मल कारखाना खोलि त्यसबाट माटोको उर्वराशक्ति समेत बढाउँदै बाँझो जमिनलाई खेती र उत्पादनमा उपयोग गर्ने नीति सरकारले लिनुपर्ने मल्लको भनाइ छ ।

‘ल्याण्ड पुलिङमार्फत बाँझो जमिनलाई खेतीका लागि उपयोग गर्नुपर्ने नीति आवश्यक छ, अहिले जमिनको उर्वराशक्ति समेत घटिरहेको छ, अर्गानिक प्राङ्गारिक मल कारखाना खोलेर त्यसबाट माटोको उर्वराशक्ति दोब्बर बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइरहेको छ, यसतर्फ पनि कृषि मन्त्रालय र सरकारले ध्यान दिनुपर्छ’ उनले थपे, ‘यसबाट कम्तीमा कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्न मद्दत पुग्छ । साथै, किसानहरुले उत्पादन गरेका वस्तुहरुलाई संकलन गरि कृषि एम्बुलेन्समार्फत बजारसम्म पुर्याउने व्यवस्था मिलाउन पनि आवश्यक छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज सोमबार...

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...
spot_img