सिटि होटेल लिमिटेडले काठमाडौँको सोल्टीमोडमा संचालन गरिरहेको होटेलको रिब्राण्डिङ गरिएको छ । यस अघि उक्त होटेल हायात प्लेस ब्राण्ड अन्तर्गत संचालन हुँदै आएकोमा अब हायात सेन्ट्रिक ब्राण्ड अन्तर्गत संचालन हुने छ ।
आज जनवरी १ , २०२५ बाट होटेल हायात सेन्ट्रिक सोल्टीमोड काठमाडौँको नामबाट संचालनमा ल्याईएको कम्पनीले जनाएको छ।
गत माघमा हायात होटेल्स कर्पोरेशन र सिटि होटलबीच होटेललाई हायात सेन्ट्रिक सोल्टीमोड काठमाण्डौंमा रुपान्तरण गर्ने सम्झौता भएको थियो। त्यसपछि होटेलको पूनर्निर्माण गरेर अहिले देशको पहिलो हायात सेन्ट्रिक होटलको रुपमा पूर्ण रुपले रिब्रान्ड भएको हो।
पुनर्निर्माणपछि होटेलमा नवनिर्मित प्रवेशद्वार तथा लबि क्षेत्र, अनुपम स्काई बार तथा लाउन्ज, र परिष्कृत सुविधाहरुका थपिएको होटेलले जनाएको छ ।













