Saturday, July 18, 2026
spot_img

देशबन्धु बस्नेतले ३ अर्ब लगानीमा सुकेधारामा बनाए पाँचतारे होटल

spot_img

सुकेधारा चोकमा उभिएर दक्षिणपट्टि फर्किदा एउटा भव्य भवन देख्न सकिन्छ । सुकेधारा हुँदै अघि बढ्ने चक्रपथ (रिङ–रोड)को आडैमा अत्यन्त सुन्दर तवरले डिजाइन गरिएको भवन भएकाले त्यसले सबैको ध्यान एकटकले खिच्छ । त्यो भवन अरु केही नभएर पाँचतारे ‘द मेट्रोपोलिटन होटल प्रा.लि.’ हो । जसको व्यवस्थापन विश्वस्तरीय चेन होटल ब्राण्ड ‘मक्र्योर’ले सम्हालेको छ ।

निजी क्षेत्रले लगानी विस्तार गर्दा आफ्नो नाफा मात्रै हेर्छन् वा अरु सार्वजनिक महत्वका काममा ध्यान दिँदैनन् भन्ने गलत भाष्य एकपटक पुनः त्यहाँ चिरिएको छ । अर्थात्, विश्वविख्यात चेन होटल ब्राण्ड ‘मक्र्योर’लाई नेपाल भित्र्याएका देशबन्धु बस्नेत (अजित)ले होटल उद्घाटन नहुँदै होटलको आडैमा रहेको खाली जग्गालाई सजाएर मनमोहन पार्क समेत निर्माण गरेका छन् । उनैले चक्रपथ (सुकेधारा प्रहरी चौकीको माथिपट्टि)बाट पक्की वाल उठाएर १४० मिटर बढी सडकसमेत बनाएका छन् ।

निजी जग्गामा होटल बनेपनि खाली रहेको जमिन उजाड हुनु हुँदैन भन्ने मान्यताका साथ आफूले सडक विभाग र वडा कार्यालयसहित सम्बन्धित सरकारी निकायबाट स्वीकृति लिएर १४० मिटर बढी सडक निर्माण गरेको बस्नेत बताउँछन् ।

२०२५ जनवरी दोस्रो सातादेखि सञ्चालनमा आउन लागेको ‘होटल मक्र्योर’ ५ रोपनी क्षेत्रफलमा फैलिएको छ । ११ तले भव्य भवनमा निर्माण भएको सो होटलमा १०४ वटा विलासी कोठा छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका बस्नेतले सो होटलमा हालसम्म ३ अर्ब बढी लगानी भइसकेको जानकारी दिएका छन् ।

एसिया, युरोप, अफ्रिका र मध्यपूर्वका ५ हजार ४ सय बढी होटलको व्यवस्थापन सम्हालिरहेको ‘मक्र्योर’ ब्राण्ड पहिलोपटक नेपाल भित्रिएको हो । होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुराँसँगै स्वीमिङ पुल, सयौंको संख्यालाई एकैसाथ सेवा दिन सकिने बैंक्विट हल, आधुनिक जीम, वेलनेश सेन्टर लगायतका सुविधा उपलब्ध छन् ।

होटलको ११औँ तलामा स्वीमिङ पुल छ । जहाँबाट काठमाडौँ उपत्यकासहित मौसम खुलेका बेला वरीपरीका हिमालहरुसमेत हेर्दै स्वीमिङको मज्जा लिन सकिन्छ । होटलमा दिनभर सेवा दिने रेस्टुरेन्ट, स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादहरूको संयोजनसहितको भोजन, भारतीय परिकारहरू उपलब्ध हुने विशेष रेस्टुरेन्ट समेत उपलब्ध छन् । प्रत्यक्ष भान्सासहितको बाहिरी इटालियन रेस्टुरेन्टसमेत होटलमा छ ।

‘विश्वस्तरको आतिथ्य सेवा प्रदान गर्दै नेपाली कला, संस्कृति, यहाँको प्राकृतिक सौन्दर्यलाई विश्वबजारमा चिनाउने उदेश्यले विश्वस्तरीय ब्राण्ड भित्र्याएका हौँ’ देशबन्धु बस्नेत भन्छन्, ‘एकोर ग्रुप आफ्ना होटलहरूको स्थानीय सांस्कृतिक विशेषता र आधुनिक विलासिताको संयोजनका लागि प्रसिद्ध छ, यसकारण एकोर ग्रुप अन्तर्गको मक्र्योर ब्राण्डमार्फत यो होटलको व्यवस्थापन गर्दा अन्तराष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।’

spot_img

4 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img