कुखुराको अण्डाको भाउ बढेको छ । पौष ५ गतेदेखि लागु हुनेगरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढेको हो ।
नेपाल लेयर्स कुखुरापालक संघका अनुसार मिडियम साइज अण्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अण्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको छ ।
संघको बिहीबार बसेको बैठकले चितवनलाई आधार मानेर मूल्य तय गरेको हो । अब बजारमा अण्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ ६६ पैसा बढी पर्ने भएको छ ।
जाडो महिनामा अण्डाको उत्पादन कम हुने र बजारमा माग बढ्ने भएकोले अण्डाको भाउ बढेको कुखुरा तथा अण्डा व्यवसायीहरुले बताएका छन् ।









