Sunday, May 31, 2026
spot_img

आईपीओ निष्काशनको आवेदन दिइसकेको एकर्ड फर्माले हकप्रद निष्काशन गर्ने

spot_img
spot_img

एकर्ड फर्मासुटिकल्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार १४ गते शुक्रबार बबरमहलको बसेर बुटिक होटेलमा विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले विशेष साधारणसभामा कम्पनीको पुँजी वृद्धि गर्ने, हकप्रद निष्काशन गर्ने लगायतका प्रस्ताव सभामा पेश गर्ने छ । कम्पनीको साधारणसभामा अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने , कम्पनीको प्रबन्ध पत्रको दफा (६) को उपदफा (क), (ख), (ग) तथा (घ) संशोधन गर्ने , अधिकृत तथा जारी पूँजी बृद्धि पश्चात् हकप्रद शेयर निष्काशन गर्ने , पूँजी बृद्धि, हकप्रद शेयर निष्काशन गर्ने लगायत दफा संशोधन सम्बन्धमा नियमन निकायहरूबाट कुनै पनि किसिमको
फेरबदल, संशोधन एवं थपघट सम्बन्धी निर्देशन प्राप्त भएमा निर्देशन बमोजिमको कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले यस अघि नै नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको अनुमति माग गर्दै २०७९ साल मै आवेदन दिएको थियो । अब भने कम्पनीले हकप्रद मार्फत पुँजी बढाएर मात्र आईपीओ निष्काशन गर्ने भएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रिय लट्री कार्यक्रम संचालन गर्दै सरकार, हरेक दिन एक जनालाई लखपति बनाउने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हरेक दिन राष्ट्रिय लट्री...

बजेटबारे सर्वाधिक आलोचना भएका विषयबारे अर्थमन्त्रीले के के दिए प्रष्टीकरण ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे...

शेयरबजारको पुँजीगत लाभकर फाइनल नै हो : अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकले लगानी गर्ने

एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५...

अर्थमन्त्रीले कहाँबाट ल्याउँदैछन् २४७ अर्ब वैदेशिक ऋण ? चीनसँग १ अर्ब, भारतसँग २ अर्ब मात्रै

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

सिबिफिनले गर्यो बजेटको स्वागत, निजी क्षेत्रको मनोवल बढ्ने विश्वास

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बजेटको स्वागत...
spot_img