Friday, January 24, 2025
spot_img

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको हो।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका थिए।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरेका थिए । उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

spot_img

३८ प्रतिशतले घट्यो फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय...

विश्वभर एकसाथ डाउन भयो ‘च्याट जीपीटी’

ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट 'च्याट जीपीटी' बिहीबार...

प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट पाउने अनुदानमा कटौती

सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष...

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...