Thursday, June 25, 2026
spot_img

भारतीय निर्वाचनमा मोदीलाई धक्का: ६३ सिट घट्यो, एकल बहुमत पनि गुम्यो

spot_img
spot_img

भारतको संसदीय निर्वाचन अर्थात् लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी (बिजेपी) लाई धक्का लागेको छ । हाल प्रधानमन्त्री रहेका नरेन्द्र मोदीलाई पुन: एक पटक प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उठाएर चुनावमा गएको बिजेपीले संसदमा आफुसँग रहेको एकल बहुमत गुमाएको छ।

संसदको सबै भन्दा ठूलो दल कायम रहिरहेपनि बिजेपीले संसदमा एकल बहुमत गुमाएको हो । भारतको तल्लो सदनको रुपमा रहेको लोकसभा ५४३ सदस्यीय छ । जसमा बहुमत पुर्याउन २७२ सिट ल्याउनु पर्छ । यस अघिको निर्वाचनमा बिजेपी एक्लैको ३०३ सिट थियो । अहिलेको निर्वाचनमा भने बिजेपीको सिट संख्या ६३ ले घटेर २४० मा सिमित भएको छ । यस संगै बिजेपीले संसदमा एकल बहुमत गुमाएको हो ।

प्रमुख विपक्षी दल कंग्रेसले  भने सिट संख्या ह्वात्तै बढाएको छ । अघि अघि ५२ सिट मात्र रहेको इन्डियन नेशनल कंग्रेसले अहिले ४७ सिट बढाएर ९९ सिट ल्याएको छ  । समाजवादी पार्टीले पनि आफ्नो सिट संख्या ३२ ले बढाएर ३७ पुर्याएको छ । तेलगु देशम पार्टीले सिट संख्या १३ ले बढाएर १६ पुर्याएको छ ।

बिजेपीले संसदमा रहेको एकल बहुमत गुमाएपछि बिजेपी नेतृत्वको एनडिए गठबन्धनले भने बहुमत कायम राखेको छ । एनडिए गठबन्धनले २९३ सिट जितेको छ । जुन सरकार बनाउन चाहिने संख्या २७२ भन्दा माथि नै छ । समग्रमा एनडिए गठबन्धनको सिट संख्या ६७ ले घटेको छ । जस मध्ये ६३ सिट बिजेपी एक्ल्यैको घटेको हो । एनडिए गठबन्धनले बहुमत ल्याएकोले गठबन्धनको नेतृत्व गरेको बिजेपीबाट फेरी नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने आंकलन गरिएको छ । तर बिजेपी एक्लैको बहुमत नरहेकोले गठबन्धनमा रहेका अन्य दलसँग सहारा लिनु पर्ने बाध्यता मोदीलाई छ । यसो हुँदा गठबन्धनमा रहेका अन्य दल नमानेमा मोदीलाई प्रधानमन्त्री बन्न समस्या हुन सक्छ ।

कंग्रेसले नेतृत्व रहेको इन्डिया नामको विपक्षी गठबन्धनले भने २३४ सिट ल्याएको छ । जुन अघिल्लो निर्वाचनको भन्दा ११५ बढी हो ।

भारतमा ७ चरणमा समपन्न निर्वाचनको मतगणना मंगलबार भएर अन्तिम मतपरिणाम पनि मंगलबार नै सार्वजनिक गरिएको हो ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img