spot_img

भारतीय निर्वाचनमा मोदीलाई धक्का: ६३ सिट घट्यो, एकल बहुमत पनि गुम्यो

spot_img

भारतको संसदीय निर्वाचन अर्थात् लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी (बिजेपी) लाई धक्का लागेको छ । हाल प्रधानमन्त्री रहेका नरेन्द्र मोदीलाई पुन: एक पटक प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उठाएर चुनावमा गएको बिजेपीले संसदमा आफुसँग रहेको एकल बहुमत गुमाएको छ।

संसदको सबै भन्दा ठूलो दल कायम रहिरहेपनि बिजेपीले संसदमा एकल बहुमत गुमाएको हो । भारतको तल्लो सदनको रुपमा रहेको लोकसभा ५४३ सदस्यीय छ । जसमा बहुमत पुर्याउन २७२ सिट ल्याउनु पर्छ । यस अघिको निर्वाचनमा बिजेपी एक्लैको ३०३ सिट थियो । अहिलेको निर्वाचनमा भने बिजेपीको सिट संख्या ६३ ले घटेर २४० मा सिमित भएको छ । यस संगै बिजेपीले संसदमा एकल बहुमत गुमाएको हो ।

प्रमुख विपक्षी दल कंग्रेसले  भने सिट संख्या ह्वात्तै बढाएको छ । अघि अघि ५२ सिट मात्र रहेको इन्डियन नेशनल कंग्रेसले अहिले ४७ सिट बढाएर ९९ सिट ल्याएको छ  । समाजवादी पार्टीले पनि आफ्नो सिट संख्या ३२ ले बढाएर ३७ पुर्याएको छ । तेलगु देशम पार्टीले सिट संख्या १३ ले बढाएर १६ पुर्याएको छ ।

बिजेपीले संसदमा रहेको एकल बहुमत गुमाएपछि बिजेपी नेतृत्वको एनडिए गठबन्धनले भने बहुमत कायम राखेको छ । एनडिए गठबन्धनले २९३ सिट जितेको छ । जुन सरकार बनाउन चाहिने संख्या २७२ भन्दा माथि नै छ । समग्रमा एनडिए गठबन्धनको सिट संख्या ६७ ले घटेको छ । जस मध्ये ६३ सिट बिजेपी एक्ल्यैको घटेको हो । एनडिए गठबन्धनले बहुमत ल्याएकोले गठबन्धनको नेतृत्व गरेको बिजेपीबाट फेरी नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने आंकलन गरिएको छ । तर बिजेपी एक्लैको बहुमत नरहेकोले गठबन्धनमा रहेका अन्य दलसँग सहारा लिनु पर्ने बाध्यता मोदीलाई छ । यसो हुँदा गठबन्धनमा रहेका अन्य दल नमानेमा मोदीलाई प्रधानमन्त्री बन्न समस्या हुन सक्छ ।

कंग्रेसले नेतृत्व रहेको इन्डिया नामको विपक्षी गठबन्धनले भने २३४ सिट ल्याएको छ । जुन अघिल्लो निर्वाचनको भन्दा ११५ बढी हो ।

भारतमा ७ चरणमा समपन्न निर्वाचनको मतगणना मंगलबार भएर अन्तिम मतपरिणाम पनि मंगलबार नै सार्वजनिक गरिएको हो ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...