भदौ १० गतेको बाढीमा परेर त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङमा फसेका २ जनाको जीवितै उद्धार भएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान उनीहरुलाई सुरुङबाट जीवितै उद्धार गरेको हो ।
उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन् । उनीहरुलाई शुक्रबार बिहान करिब ९ः२० बजे सुरुङबाट बाहिर निकालिएको हो । उनीहरुलाई अब उपचारका लागि काठमाडौँ ल्याइँदैछ ।
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार शाह नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र मर्हजन सुपरभाइजर हुन् ।
सुरुङमा अझै ३ जना जीवितै रहेको जानकारी उद्दार टोलीले पाएको छ । उनीहरुको उद्दार प्रयास भइरहेको छ ।









