Monday, September 7, 2026
spot_img

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

spot_img

हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्राकृतिक विपद्को दुखद् घडीमा प्रभावित समुदायसँग संस्थाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै, प्रभावित नागरिकहरूको उद्वार÷राहत तथा पुनरस्थापनाका लागि सहयोग पु¥याउने उद्देश्यले सो सहयोग गरेको कम्पनीले जनाएको छ ।

२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग लगायत आसपासका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति वित्तीय संस्थाले गहिरो दुःख व्यक्त गरेको छ। संस्थाले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै कम्पनीले बाढीका कारण घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्राकृतिक विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण, सरकारी तथा विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरू तथा परिवारजनले व्यहोर्नु परेको पीडा तथा कठिनाइप्रति संस्थाले गहिरो सहानुभूति प्रकट गर्दै उद्वार तथा राहत कार्यमा निरन्तर संलग्न सम्पूर्ण सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...