Wednesday, September 2, 2026
spot_img

नेरूडे मिर्मिरे लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार सहयोग

spot_img

भोटेकोशी लगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद् बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार २ सय ४९ रूपैंया सहयोग प्रदान गरेको छ।

संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल, सहायक कार्यकारी प्रमुख ऋषि प्रसाद न्यौपाने, बरिष्ठ प्रबन्धक रघुनाथ सुवेदी तथा कम्पनी सचिव एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठ सहितको टोलीले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग भेट गरी उक्त राहत रकम हस्तान्तरण गरेको हो।

विपदमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बेपत्ता भएका व्यक्तिहरूको यथाशीघ्र खोजी तथा उद्धार कार्य सफल होस् भन्ने कामना गरेको छ।

राहत रकम हस्तान्तरणका क्रममा संस्थाका अध्यक्ष राजकुमार राईले लघुवित्त संस्थाहरू भुइँमान्छेको घर–घरमा पुगेर सेवा तथा वित्तीय पहुँच विस्तारमा समर्पित रहने भएकाले खाँचो परेको समयमा पनि समाज र समुदायसँगै उभिनुपर्ने बताए । विपद्को समयमा सबै पक्षले आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोग तथा सहकार्य गर्नुपर्नेमा जोड दिँदै उहाँले नेरूडे मिर्मिरे सदैव मानवीय हितका कार्यमा सकारात्मक र सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले “ग्राहक सदस्य पहिलो” भन्ने मूल नीतिलाई आत्मसात् गर्दै नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्जा तथा बचतको वित्तीय कारोबारमा मात्र सीमित नरही वित्तीय साक्षरता, संस्थागत सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षणका विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको बताए । आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र बृहत्तर रूपमा विस्तार गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा १ करोड १ लाख सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट...

ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र...

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा...

बाढी प्रभावितको लागि नियमन आयोगद्वारा एक करोड रुपैयाँ सहयोग

विद्युत नियमन आयोगले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी...

करदाता प्रोत्साहन पुरस्कारको घोषणा अब असोज १ गते

भोटेकोशी बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर...

नियमन आयोग, एचआईडीसीएल र ग्रिन भेन्चरद्वारा दैवी प्रकोप उद्धार कोषमा सहयोग

राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने...