Friday, May 23, 2025
spot_img

काठमाडौँ एयरपोर्टभित्रको इन्धन भण्डारण डिपो सार्न प्रधानमन्त्रीको निर्देशन

spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरसँगैको इन्धन भण्डारण सार्न निर्देशन दिएका छन् । आज सिंहदरबारमा नवनियुक्त राज्य मन्त्रीहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले सम्वद्ध मन्त्रीहरुलाई समेत निर्देशन दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउको उक्त हवाइ इन्धन भण्डारण डिपो स्थानान्तरणको प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

सिनामंगल तर्फको नेपाल आयल निगमको हवाइ इन्धन डिपोले सुरक्षा खतरा बढिरहेको भन्ने गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले उक्त डिपोलाई अन्यत्र स्थानान्तरण गर्न सम्बद्ध मन्त्री र राज्यमन्त्रीलाई निर्देशन दिएका हुन् ।

घना बस्तीको नजिकै हवाई इन्धन डिपो रहँदा अति जोखिम हुने भन्दै आयल निगमको सो हवाइ इन्धन डिपो सानुपर्ने आवाज उठिरहे पनि आयल निगमले अटेरी गरिरहेको छ । साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएसँगै पुनः सर्वसाधारणले समेत उक्त डिपो स्थानान्तरण गर्नुपर्ने आवाज उठाइरहेका छन् ।

उक्त हवाइ इन्धन डिपोको क्षमता ७६ लाख ४० हजार लिटर छ । यसअघि नै उक्त डिपोलाई काठमाडौँ एयरपोर्टको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स भवन नजिकै सार्न ५० रोपनी जग्गा उपलब्ध गराइएको छ । तर, आयल निगमले स्थानान्तरण गर्न अटेरी गरिरहेको छ ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img