Monday, June 8, 2026
spot_img

काठमाडौँमा २७.५ किलोमिटर लामो मेट्रो रेल चलाउने तयारी, डीपीआर तयार पार्न टेण्डर आह्वान

spot_img
spot_img

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको लागि कार्य अघि बढाएको छ । सरकारको रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले मेट्रो रेल निर्माणको लागि विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार पार्न प्रस्ताव आह्वान गरेको हो ।

यो मेट्रो रेल नारायण गोपाल चोकबाट सुरु भएर चाबहिल, कोटेश्वर, सातदोबाटो, र रत्नपार्क हुँदै पुन: नारायण गोपाल चोकसम्म नै पुग्ने छ । यस रेल मार्गको लम्बाई २७.५ किलोमिटर प्रस्ताव गरिएको छ । आयोजनाले  यस मार्गको विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार पार्नका लागि अन्तर्राष्ट्रिय परामर्शदाता (Consulting Firm) बाट १५ मे २०२६ मा Expression of Interest (EOI) आह्वान गरेको हो। आवेदन दिने अन्तिम मिति १५ जुन २०२६, दिउँसो १२:०० बजेसम्म रहेको छ।

e-GP प्रणालीमार्फत www.bolpatra.gov.np/egp मा अनलाइन आवेदन दिनुपर्नेछ। परामर्शदाता कम्पनीहरूले आफ्नो योग्यता बढाउन अन्य कम्पनीसँग संयुक्त आवेदन (Association) दिन सक्नेछन्। EOI मूल्यांकनमा योग्यता ५०%, अनुभव ४०%, र क्षमता १०% को आधारमा मूल्यांकन गरिनेछ। न्यूनतम पास स्कोर ७०% हो। उत्तीर्ण हुने छोटो सूचीमा परेका कम्पनीहरूलाई मात्र RFP (Request for Proposal) मार्फत टेक्निकल र फाइनान्सियल प्रपोजल पेश गर्न आह्वान गरिनेछ।

यो आयोजना काठमाडौं उपत्यकाको यातायात समस्या समाधानका लागि महत्वपूर्ण मानिएको छ। यस आयोजनाले काठमाडौं उपत्यकामा यातायातको चाप घटाउने र आधुनिक सार्वजनिक यातायात प्रणाली विकास गर्ने उद्देश्य राखेको छ।

यो परियोजना काठमाडौं उपत्यकाको लाइन १ र लाइन ३ को केही भागलाई समेट्ने लूप (वृत्ताकार) मार्ग हो। यसमा २२ वटा स्टेसन (सामान्य + ट्रान्सफर) हुने प्रस्ताव गरिएको छ। परियोजनामा Elevated र भूमिगत (Underground) दुवै प्रकारका संरचना रहनेछन् जसमा टनेल, भियाडक्ट, र्याम्प आदि समावेश छन्।

यो मेट्रो रेल परियोजना काठमाडौं उपत्यकाको बढ्दो जनघनत्व, ट्राफिक जाम र प्रदूषण समस्याको दीर्घकालीन समाधानको रूपमा लिइएको छ। परियोजनाको DPR मा पूर्व feasibility study को समीक्षा, alignment अध्ययन, alternative analysis, विस्तृत डिजाइन (civil, architectural, E&M), लागत अनुमान, वित्तीय तथा आर्थिक विश्लेषण, EIA, SIA, TOD योजना लगायतका कामहरू समावेश छन्।

यो परियोजना काठमाडौं उपत्यकामा आधुनिक मेट्रो रेल प्रणालीको विकासको महत्वपूर्ण कदम मानिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सरकारले भन्यो ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा...

डिश होमले भन्यो ‘फिफा विश्वकप HD Set Top Box मा मात्र हेर्न पाइन्छ’

टेलिभिजन सेवा प्रदायक डिश होमले फिफा विश्वकप २०२६ को...

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु

नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (P2P) रेमिट्यान्स सेवा सुरु...

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र...

तोला मै ८२ सयले घट्यो सुनको भाउ

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

अण्डाको मूल्य फेरि बढ्यो

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ ।...
spot_img