Monday, September 7, 2026
spot_img

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

spot_img

अब डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने भएको छ । सिडिएससीले सबै निक्षेप सदस्य (डीपी) हरुलाई पत्राचार गर्दै २०८३ असार १ गतेदेखि डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको उल्लेख गरेको छ ।

सिडिएससीले गत फागुन मै  Backoffice प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरुलाई हिताग्राहीको विवरणमा राष्ट्रिय परिचय नम्बर समाबेश हुनेगरी प्रणाली विकास गर्न पत्राचार गरेको थियो । अब भने राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागिएको हो।

सिडिएससीका अनुसार २०८३ असार १ गतेदेखि  लागु हुनेगरी नयाँ हितग्राही खाता खोल्दा र हाल कायम रहेका हितग्राही खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बर लाई हितग्राहीको विवरणमा समावेश गर्न अनिवार्य गरिएको हो।

spot_img

1 COMMENT

  1. २०७७ साल माघ महिनामा वडा कार्यालयमा आएको टोलि मार्फत राष्ट्रिय परिचय पत्रको लागि आबेदन भरी पठाएकोमा आजको दिन सम्मपनी राष्ट्रिय परिचयपत्र पाएको छैन । सिडिओ कार्यालयमा गएर बुझ्न जाँदा जुन वडाबाट आबेदन भरेको त्यही वडाबाट दिन्छ भनेर फर्काउँछ भने वडा कार्यालयमा गएर बुझ्दा यो त सिडियो कार्यालयबाटै दिने हो वडामा आउँदैन भन्छ यस्तो अबस्थामा राष्ट्रिय परिचय पत्र अनिबार्य गर्नु के बान्छनिय कुरो हो । २०७७ सालमा राष्ट्रिय परिचयपत्रकोलागि आबेदन दिएकाहरुले कुन निकाय मार्फत रा.प.प. पाउने हो खुलाई दिनु पर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...

बाढी प्रभावितका लागि राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार,...

रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको...

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...