spot_img

नेपालमा लगानीका प्रशस्त अवसरहरू छन्ः अध्यक्ष ढकाल

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिश लगानीकर्ताहरूलाइ नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गरे ।

भेटमा ढकालले नेपाल र स्पेनबीचको व्यापारको तथ्याङ्कलाई पनि प्रकाश पार्दै बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई दुई च्याम्बरले व्यापार र लगानीका लागि कसरी राम्रो सहकार्य गर्न सकिन्छ भन्ने उपाय खोज्न आग्रह गरे । उनले दुई चेम्बरबीच राम्रो सम्बन्ध कायम भएमा नेपालले स्पेनमा निर्यात बढाउन सहयोग पुग्ने बताए ।

ढकालले पछिल्लो दशकमा नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ प्रतिशतदेखि ६ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले आठवटा लगानी ऐन परिमार्जन गरेको उनले बताए ।

ढकालले बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई नेपालमा सबै क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको बताए । उनले भारत र चीनबीचको नेपालको रणनीतिक स्थानले विश्वका दुई ठूला बजारमा व्यापार र लगानीका लागि अनुपम अवसरहरू उपलब्ध गराएको उल्लेख गरे ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले साझेदारी कायम गर्न सके दुवै चेम्बरका लागि फाइदा हुने बताए ।

यसैबीच, बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचले दुई च्याम्बर बीच राम्रो सहकार्य हुन सक्ने बताए। उनले नेपाल उद्योग वाणिज्य महासंघसँग राम्रो साझेदारीका लागि पहल गर्ने बताए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...