Monday, June 29, 2026
spot_img

नेपालमा लगानीका प्रशस्त अवसरहरू छन्ः अध्यक्ष ढकाल

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिश लगानीकर्ताहरूलाइ नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गरे ।

भेटमा ढकालले नेपाल र स्पेनबीचको व्यापारको तथ्याङ्कलाई पनि प्रकाश पार्दै बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई दुई च्याम्बरले व्यापार र लगानीका लागि कसरी राम्रो सहकार्य गर्न सकिन्छ भन्ने उपाय खोज्न आग्रह गरे । उनले दुई चेम्बरबीच राम्रो सम्बन्ध कायम भएमा नेपालले स्पेनमा निर्यात बढाउन सहयोग पुग्ने बताए ।

ढकालले पछिल्लो दशकमा नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ प्रतिशतदेखि ६ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले आठवटा लगानी ऐन परिमार्जन गरेको उनले बताए ।

ढकालले बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई नेपालमा सबै क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको बताए । उनले भारत र चीनबीचको नेपालको रणनीतिक स्थानले विश्वका दुई ठूला बजारमा व्यापार र लगानीका लागि अनुपम अवसरहरू उपलब्ध गराएको उल्लेख गरे ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले साझेदारी कायम गर्न सके दुवै चेम्बरका लागि फाइदा हुने बताए ।

यसैबीच, बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचले दुई च्याम्बर बीच राम्रो सहकार्य हुन सक्ने बताए। उनले नेपाल उद्योग वाणिज्य महासंघसँग राम्रो साझेदारीका लागि पहल गर्ने बताए ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img