Tuesday, March 17, 2026
spot_img

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए निशुल्क फोन गरेर जानकारी दिन आग्रह

spot_img
spot_img
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन आग्रह गरेको छ । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भने तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन  विभागले सबैमा अनुरोध गरेको हो  ।
पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्रीवितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो ।
नेपाल आयल निगमले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्नेगरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ । विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागले सञ्चालनमा रहनेगरी निःशुल्क रूपमा टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको र देशभरका जुनसुकै स्थानबाट सम्पर्क गर्न सकिने जनाएको छ । पछिल्ला दिनमा विभागले देशभर स्थलगत अनुमगन तथा निरीक्षण गर्दै आएको छ । अनुमगनका क्रममा कैफियत फेला पर्नेबित्तिकै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले प्रष्ट पारेको छ ।
ग्यासको माग उच्च रहेको विषम अवस्थामा आपूर्ति प्रणालीमा सहजता ल्याउन, कृत्रिम अभावलगायत गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाइएको छ । विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानुनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराएको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सांसद बनेपछि निफ्राको संचालकबाट लिमाले दिईन् राजीनामा

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि लिमा अधिकारीले  नेपाल इन्फ्रास्ट्रक्चर बैंक...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड, १८४२६० जनाले पाए शेयर

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको...

प्रति कित्ता ४०० रुपैयाँमा ४ लाख ५३ हजार कित्ता शेयर बिक्री गर्दै होटेल सारथी

धुलिखेलको होटेल सारथी लिमिटेडले संस्थापक समूहको जगेडा शेयर प्रिमियम...

शिखर पावर डेभलपमेन्टको आईपीओ आज बाँडफाँड हुँदै

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आज चैत्र...

७८ वर्षीय केसीले गराउनेछन् नव निर्वाचित सांसदहरुलाई सपथ

यस पटक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी हुने...
spot_img