Wednesday, July 1, 2026
spot_img

३ घण्टा मै पशुपतिनाथबाट भारतको बैद्यनाथधाम पुग्ने एक्सप्रेसवे बनाउने प्रस्ताव

spot_img
spot_img

भारतको बिहार सरकारले नेपालको पशुपतिनाथ मन्दिर र झारखण्डको बैद्यनाथ धामबीच २५० किलोमिटर लामो उच्च गतिको एक्सप्रेसवे (हाई-स्पीड करिडोर) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ। यो परियोजनाले दुई प्रमुख धार्मिक स्थलहरूबीचको यात्रा समयलाई १३ घण्टाबाट घटाएर मात्र ३ घण्टामा झार्ने अपेक्षा गरिएको छ।

भारतीय संचारमाध्यमहरुका अनुसार बिहारका सडक निर्माण मन्त्री दिलीप कुमार जैसवालले फेब्रुअरी १०, २०२६ मा राज्य विधानसभामा सडक निर्माण विभागको आर्थिक वर्ष २०२६-२७ को बजेट (८ हजार २६० करोड रुपैयाँभन्दा बढी) प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्। प्रस्तावित पशुपतिनाथ–बैद्यनाथ धाम हाई-स्पीड करिडोर काठमाडौंबाट सुरु भएर नेपालको भिमनगर र बिरपुर क्षेत्र हुँदै बिहारको सुपौल जिल्लाबाट भारत प्रवेश गर्नेछ। त्यसपछि यो बिहारका मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बांका जिल्लाहरू हुँदै झारखण्डको देवघरस्थित बैद्यनाथ धाम पुग्नेछ।

यो परियोजना हाल प्रस्तावित चरणमा रहेको छ। निर्माण सुरु हुने मिति, कुल लागत, कोषको स्रोत (बिहार सरकार, केन्द्र सरकार वा संयुक्त) र सम्पन्न हुने समयबारे अझै कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन। बिहार सरकारको यो पहल धार्मिक पर्यटनलाई बढावा दिने र नेपाल–भारतबीचको सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित अघि बढाइएको बताईएको छ।

यो एक्सप्रेसवे बनेपछि लाखौं श्रद्धालुहरूका लागि पशुपतिनाथ र बैद्यनाथ धामको यात्रा सजिलो र छोटो हुनेछ, जसले दुवै देशको पर्यटन क्षेत्रलाई ठूलो फाइदा पुर्‍याउने विश्वास गरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...
spot_img