गोरखा २ बाट उम्मेदवार बनेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए ।
उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन् । उनलाई नेकपा, रास्वपा लगायतका दलले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
उनले देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।










